पोखरामा कोइरालाले मागिन् राप्रपाको पक्षमा भोट
पाेखरा | कात्तिक २५, २०७९
पोखरा: नेपाली कांग्रेसका संस्थापक नेता विश्वश्वरप्रसाद कोइरालाका नातिनी मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मतदान गर्न आग्रह गरेकी छिन् । पोखरामा राष्ट्रिय प्रजातन्त्र पार्टीले आज (शुक्रबार) आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दे कोइरालाले यस्तो बताएका हुन् ।
आफ्नो स्वास्थ्यले साथ नदिएको भन्दै केही मिनेटमात्र सभालाई सम्बोधन गर्दै नायिका कोइरालाले राप्रपा इमान्दार पार्टी भएकाले मतदान गर्न आग्रह गरेकी हुन् ।
राजेन्द्र लिङ्देनले नेतृत्व गरेको पार्टी मन परेकाले आफूले पनि साथ दिएको बताइन् । राप्रपाले बीपी विचारलाई पछ्याएको बताउँदै भनिन्, ‘मैले राजेन्द्र लिङ्देनको भाषण सुनिरहेको छु । मलाई उहाँको भाषण निकै घत लाग्दछ । जब नेताहरु गाउँ पुग्छन्, गाउँमा चोर आयो भन्छ भन्ने शब्द मलाई साह्रै मन पर्यो ।’
अन्य पार्टीका नेताहरुको वचन दिने, आशा दिने कार्य मन नपरेकाले राप्रपा नै ठीक लागेर साथ दिएको छु ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

