पोखराको सुन्दरतामा ध्यान दिन्छौं: गठबन्धन

पाेखरा | कात्तिक २६, २०७९

पोखराको सुन्दरतामा ध्यान दिन्छौं: गठबन्धन

पोखराः   कास्की क्षेत्र नम्बर २ बाट उम्मेद्वार बनेका नेताहरुले पोखराको सुन्दरतामा ध्यान दिने बताएका छन् ।  

 

शनिबार पोखरा १७ घारीपाटनमा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी अभियानमा कास्की २ का उम्मेदवार श्रीनाथ बरालले पोखराको सौन्दर्यीकरणमा ध्यान दिने बताए । 

 

कास्की २ भित्र पोखरा महानगरका ११ वटा वडा मात्र पर्ने भएकाले पोखरा सौन्दर्यतामा आफूहरुको विषेश ध्यान जाने उनले सुनाए । ‘पछिल्लो समय पोखरामा भिडभाड बढेको छ । काठमाडौं, बुटवल, र नारायणगढ लगायत शहरबाट पोखरामा गाडीहरु थुप्रने गरेका छन्,’ उनले भने, ‘पोखरामा नयाँ विमानस्थल बनेको अवस्थामा बाईबास रोड बनाउने र पोखरालाई सफा सुन्दर राख्ने कुरामा ध्यान दिनेछौं ।’ पोखराको मुख्य समस्या फोहर व्यवस्थापन रहेकाले ल्याण्डफिल बनाउन पोखरा महानगरलाई सहयोग गर्दै पोखरालाई सफा र सुन्दर राख्ने प्रतिवद्धता जनाए । 

 

यसबाहेक भूमिहीन दलित, भूमिहीन सुकुुम्वासी र अव्यवस्थीत बासोबासीको समस्या समाधान गर्ने बताए । पोखराका केही क्षेत्र कृषिका लागि योग्य भएकाले पनि कृषिमा आधुनिकीकरणमा ध्यान दिने उनले बताए । स्वरोजगार, तालिम, पर्यटन, साना घरेलु उद्योग, विना भेदभाव विकासका काम लगायतमा ध्यान दिने उनले बताए । यसका लागि मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन उनको आग्रह थियो । 

 

गठबन्धनबाट कास्की २ (क) का उम्मेदवार विश्व प्रकाश लामिछानेले व्यवस्था परिवर्तन भए अनुसार अबस्था परिवर्तन गर्न गठबन्धनले जित्नुपर्ने बताए । 

 

 यसैका लागि आफूहरु गठबन्धन गरेर आएको उनले बताए । आफ्नो क्षेत्रमा विजयी भएमा स्वास्थ्य र शिक्षासँगै विकास निर्माणका काममा ध्यान दिने उनले प्रतिवद्धता जनाए । ‘अहिले देशका लागि असल नेतृत्वको अहिले आवश्यक परेको छ यसैका लागि हामी गठबन्धन गरेर आएका हौं,’ उनले भने, ‘कास्की २ (क) मा मलाई विजयी गराउनुभयो भने यस क्षेत्रको नमुना बिकास गरेर देखाउने छु । बिजयका लागि मतदान गर्न अनुरोध गर्छु ।’

 

यसैगरी, कास्की २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले पोखरा ११ को विकासका लागि गठबन्धनलाई मत दिन आग्रह गरेका छन् ।

 

शनिबार मतदाताहरु सँगै भेट्दै थापाले गठबन्धनले नै स्थानीयको पिरमर्कालाई बुझ्ने र समाधान गर्ने हुँदा विकासका आयामहरुका लागि मत दिन आग्रह गरेका हुन् ।  ‘पोखरा ११ मा सडक, सिँचाई, सामाजिक भवन, शिक्षा, स्वास्थ्य र रोजगारीका थुप्रै समस्या छन् । जसमा केही काम हिजो पनि गरियो । अब पनि यहाँहरुले निर्वाचित गराउनुभयो भने गठबन्धन सरकारले नै विकास दिनेछ ।’,उनले भने । 

 

पोखरा ११ को कृषि सडकका लागि आफ्नै पहलमा एक करोड विनियोजन भएको उनले जानकारी गराए । काहुमा नै कृषि सडक राख्ने तयारी आफुले गरिरहेको भनाई उनको छ । बास खोला नियन्त्रण गर्दै बस्ती सुरक्षाका लागि समेत आवश्यक पहलकदमी गरिएको र संरक्षणमा लाग्ने प्रतिबद्धता उनको छ । 

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्