अनुचित चन्दा संकलन गरी खर्च नगर्ने कास्की १ ‘ख’ का एमाले उम्मेदवार श्यामको घोषणा

पाेखरा | कात्तिक २६, २०७९

अनुचित चन्दा संकलन गरी खर्च नगर्ने कास्की १ ‘ख’ का एमाले उम्मेदवार श्यामको घोषणा

पोखराः   नेकपा एमालेका उम्मेदवार वेद वहादुर गुरुङ श्यामले चुनाव जित्नको लागि अनुचित चन्दा संकलन गरी खर्च नगर्ने घोषणा गरेका छन् । 

 

नेकपा (एमाले) को तर्फबाट कास्की १ ‘ख’ का प्रदेश सभा सदस्य पदका उम्मेदवार गुरुङले सामाजिक सञ्जाल फेसवुकमा पोष्ट सेयर गर्दै उक्त कुरा व्यक्त गरेका हुन् ।

 

गुरुङले लेखेका छन् ‘चुनाव जित्नकै लागि म अनुचित चन्दा लिदिनँ र खर्च पनि गर्दिनँ ।’ उनले वर्तमान अवस्थामा अरु नेताहरुले चुनाव जित्न अनेक तिकडम गर्ने बताउँदै आफुले त्यस्तो नगर्ने उल्लेख गरे । पोष्टबारे स्पष्ट पार्दै उनले उनले भने,-‘म आफ्नो योजना सुनाएर जनताको मत जित्न चाहान्छु ।’ उनले अवैध रुपमा चन्दा उठाएर अनि खर्च गर्नु निर्वाचन आचार संहिता विरुद्ध मात्र नभई दीर्घकालिन रुप असर पर्ने बताए । 

 

चुनाव केन्द्रित प्रचार प्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त उनले आफ्नो क्षेत्रका स्थानियसँग आफूलाई सुर्य चिन्हमा मत दिएर विजयी बनाउन आग्रह गर्दै आफु निर्वाचित भए गुणस्तर शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, कृषि उत्पादन तथा बजारीकरण, पर्यटन, निशुल्क खानेपानी, व्यवस्थित सार्वजनिक यातायात, फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन् । साथै गठबन्धन सरकारले कटौती गरेका परियोजनाहरुलाई पुनः बजेट विनियोजन गरी कार्य सम्पन्न गर्ने बताएका छन् ।
 

काठमाडौं:   ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ ।   कार्...

थप पढ्नुहोस्

काठमाडौं: मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ।   आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटे...

थप पढ्नुहोस्

पोखरा:   तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २७ औं घलेल ल्होछार उत्सव हुने भएको छ ।   बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी ...

थप पढ्नुहोस्