‘दरिलो सरकार, काममा रफ्तार’: उम्मेदवार मीना गुरुङ
पाेखरा | कात्तिक २६, २०७९
पोखराः देशमा धेरै पटक चुनाव भए । चुनावले कहिले बहुमत र कहिले गठबन्धन, अल्पमतका सरकार बने, गिरे । संसदीय राजनीतिको यो कुरुप पक्षले जनतालाई दिक्क पारेको छ ।
अहिले सत्ता गठबन्धनका दल एकातिर र एमाले एक्लै अर्कातिर भएर चुनावमा भिडेका छन् । यो अवस्थामा जनताले स्थिर, दरिलो सरकार र तीव्र विकासका लागि एमालेलाई नै छान्ने एमाले उम्मेदवार मीना गुरुङ बताउँछिन् ।
कास्की २ (२) मा उम्मेदवार बनेकी उनले मंसिर ४ को चुनावपछि एमालेले प्रदेशहरु र संघमा एकल सरकार बनाउने दावी गरिन् । उनले भनिन्, ‘हाम्रा एजेन्डा, जनताको आर्कषण र अहिलेको माहोलले हाम्रो जित भइसकेको छ । जनताले ५ तिर फर्किएको स्वार्थको गठबन्धन होइन, एमालेको बलियो नेतृत्व चाहेका छन् ।’ गण्डकी प्रदेश सभाकी निवर्तमान सांसद समेत रहेकी उनले अघिल्लो कार्यकालमा सुरु गरी अधुरा रहेका योजना पूरा गर्न पनि आफु दोहोरिन चाहेको उल्लेख गरिन् ।
शनिवार पोखरा ९ मा घरदैलोका क्रममा उनले मतदाताले दिएको सुझावलाई आत्मसाथ गर्दै उक्त क्षेत्रको विकास, निर्माणमा समर्पित हुने प्रण गरिन् । मुलुकको समग्र विकासका लागि स्पष्ट नीति, विचार र सिद्धान्त आवश्यक पर्नेमा जोड दिंदै उनले यसको खाँका र इच्छा शक्ति एमालेसँग मात्र भएको दावी गरिन् ।
उक्त क्षेत्रमा पोखरा महानगरका वडा नं. ४, ८, ९, ११, १६ र २० पर्छन् । पार्टीको उद्देश्य, घोषणापत्र, भावी योजना र कार्यान्वयनमा एमालेभित्र कतै समस्या नभएको उनले जनाइन् । उनले भनिन्–‘हाम्रो एकताको सामना गर्न अरु सबैजसो दल गठबन्धन बनाएर आउनुपरेको छ । म सँगसँगै टिकटको आकांक्षा राख्नुभएका साथीहरु, मेरो क्षेत्रका नेता, कार्यकर्तालाई चुनावी अभियानमा हुनुहुन्छ । हाम्रो एकता र जनताको सदिच्छा नै हाम्रो जितको मुख्य आधार हो ।’
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

