फेवातालको पानी खाएर हुर्किएका पहारीलाई जिताउन लेकसाइडका युवाहरु संगठित
काठमाडाैं | कात्तिक २६, २०७९
पोखराः पर्यटकिय क्षेत्र लेकसाइडका युवाहरु आगामी निर्वाचनमा कास्की क्षेत्र नम्वर ३(२) मा राजीव पहारीलाई जिताउन संगठित भएका छन् ।
लेकसाइडलाई अन्र्तराष्ट्रिय पर्यटकिय केन्द्र बनाउन पहारीको जित आवश्यक भएको लेकसाइडका युवाहरुको ठम्याई छ । ‘लेकसाइडको सडकमा खाडलै खाडल थिए, सडकमा पानी जम्दा कायाक समेत गरेर व्याङग्य प्रदर्शन गरे, तर अहिले यहाँ पहारीले सांसद बनेपछि चिल्लो अस्फाल्ट पिच गरे’–हल्लनचोकका शोभित परियारले भने ।
पहारीको कार्यकालमा फेवातालको सौन्दर्यकरणका लागि फुटट्रयाकदेखि लेकसाइडका भित्री बाटोघाटो समेत ढलान पिच भएका छन् । राजीव पहारी लेकसाइडकै स्थानिय भएकाले पनि युवाहरुका सबै खाले समस्या पहारीले नै हल गर्ने बंग्लादीका अर्का युवा सुन्दर पहारीले बताए । ‘उहाँ फेवातालको पानी खाएर हुर्किएको मान्छे हो, यहाँको माटोले खोजेको विकास उहाँलाई नै थाहा छ, त्यसैले आगामी निर्वाचनमा फेरी पनि उहाँलाई नै जिताउन हामी लागि पर्नेछौं’-सुन्दरको भनाई छ ।
‘कोभिडबाट आक्रान्त पर्यटन व्यवसायलाई उकास्न पनि फेरी पहारीकै जितको खाँचो छ, उहाँले हाम्रो समस्या राम्ररी बुझ्नुभएको छ’ अर्का युवा सन्दीप बरालले भने । यहिबेला लेकसाइडका विभिन्न समुहहरु पहारीको पक्षमा मत माग्न घरदैलोमा छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

