‘दरिलो सरकार, काममा रफ्तार’: उम्मेदवार मीना गुरुङ
पाेखरा | कात्तिक २६, २०७९
पोखराः देशमा धेरै पटक चुनाव भए । चुनावले कहिले बहुमत र कहिले गठबन्धन, अल्पमतका सरकार बने, गिरे । संसदीय राजनीतिको यो कुरुप पक्षले जनतालाई दिक्क पारेको छ ।
अहिले सत्ता गठबन्धनका दल एकातिर र एमाले एक्लै अर्कातिर भएर चुनावमा भिडेका छन् । यो अवस्थामा जनताले स्थिर, दरिलो सरकार र तीव्र विकासका लागि एमालेलाई नै छान्ने एमाले उम्मेदवार मीना गुरुङ बताउँछिन् ।
कास्की २ (२) मा उम्मेदवार बनेकी उनले मंसिर ४ को चुनावपछि एमालेले प्रदेशहरु र संघमा एकल सरकार बनाउने दावी गरिन् । उनले भनिन्, ‘हाम्रा एजेन्डा, जनताको आर्कषण र अहिलेको माहोलले हाम्रो जित भइसकेको छ । जनताले ५ तिर फर्किएको स्वार्थको गठबन्धन होइन, एमालेको बलियो नेतृत्व चाहेका छन् ।’ गण्डकी प्रदेश सभाकी निवर्तमान सांसद समेत रहेकी उनले अघिल्लो कार्यकालमा सुरु गरी अधुरा रहेका योजना पूरा गर्न पनि आफु दोहोरिन चाहेको उल्लेख गरिन् ।
शनिवार पोखरा ९ मा घरदैलोका क्रममा उनले मतदाताले दिएको सुझावलाई आत्मसाथ गर्दै उक्त क्षेत्रको विकास, निर्माणमा समर्पित हुने प्रण गरिन् । मुलुकको समग्र विकासका लागि स्पष्ट नीति, विचार र सिद्धान्त आवश्यक पर्नेमा जोड दिंदै उनले यसको खाँका र इच्छा शक्ति एमालेसँग मात्र भएको दावी गरिन् ।
उक्त क्षेत्रमा पोखरा महानगरका वडा नं. ४, ८, ९, ११, १६ र २० पर्छन् । पार्टीको उद्देश्य, घोषणापत्र, भावी योजना र कार्यान्वयनमा एमालेभित्र कतै समस्या नभएको उनले जनाइन् । उनले भनिन्–‘हाम्रो एकताको सामना गर्न अरु सबैजसो दल गठबन्धन बनाएर आउनुपरेको छ । म सँगसँगै टिकटको आकांक्षा राख्नुभएका साथीहरु, मेरो क्षेत्रका नेता, कार्यकर्तालाई चुनावी अभियानमा हुनुहुन्छ । हाम्रो एकता र जनताको सदिच्छा नै हाम्रो जितको मुख्य आधार हो ।’
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

