रिठेपानीमा फुटबल एकेडेमी सञ्चालन
पाेखरा | कात्तिक २७, २०७९
तस्बिर: योगेन्द्र श्रेष्ठ
पोखरा: पूर्व अन्तरराष्ट्रिय फुटबल खेलाडी बसन्त गौचनले आफ्नो गृह नगर पोखरामा फुटबल एकेडेमी सञ्चालनमा ल्याएका छन् ।
विगत दुई दशक देखि जापानलाई कर्मथलो बनाउदै आएका उनले आफ्नै नाममा खोलेको बसन्त गौचन (बीजी) फुटबल एकेडेमी शनिबार देखि सञ्चालनमा आएको हो ।
३ महिना अघि एकेडेमीमा प्रशिक्षण दिन सुरु गरे पनि शनिबार यसको औपचारिक उद्घाटन गरिएको थियो । पोखरा महानगरपालिका वडा नम्बर २७ रिठेपानीमा अवस्थित एकेडमी १५ रोपनी जग्गामा फैलिएको छ । दिनको २ सय जनालाई प्रशिक्षण दिन सकिने एकेडेमीको निर्देशकमा एन्फा प्रशिक्षक राजेन्द्र तामाङ, मुख्य प्रशिक्षकमा शम्भु केसी राखिएको छ ।
अखिल नेपाल फुटबल संघका (एन्फा) वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, पोखरा महानगरपालिकाका वडा नं.२७ का अध्यक्ष पूर्णबहादुर गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्य दिलबहादुर गुरुङ र एकेडमीका अध्यक्ष बसन्त गौचनले एकेडेमीमा प्रशिक्षण लिइरहेका विज्ञान भाग्य भुजेललाई छात्रवृतिका साथै खेलकुद पोशाक प्रदान गरि एकेडेमीको उद्घाटन गरेका थिए ।
मंसिरको तेस्रो साताबाट एन्फाले पनि राजधानीमा ८ देखि १५ वर्षका खेलाडीलाई प्रशिक्षण दिन लागेको जानकारी गराउदैं एन्फा केन्द्रिय उपाध्यक्ष खड्काले बसन्त गौचन एकेडेमीका लागि प्रशिक्षक, खेल सामाग्री सबै सहयोग गर्न नेपाली फुटबलको सर्वोच्च निकाय गर्न तयार रहेको जनाए । पोखरा महानगरपालिकाका वडा नं.२७ का अध्यक्ष गुरुङले बसन्त गौचन फुटबल एकेडेमीका कारण रिठेपानीले आफ्ना पहिचान पाएको जनाए ।
नेपालको यू १६, यू २३ हुदैं बसन्त गौचन सन् १९९९ मा काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुदबाट सुपर स्टार बनेका थिए । त्यसको लगत्तै जापान लागेका उनले जापानको फनरुट्स फुटबल एकेडेमीमा प्रशिक्षण दिदैं आएका छन् । हाल उनले टोकियोकै चोफुओच्का सकर क्लबको युथ टोली सम्हाल्दै आएका छन् ।
अध्यक्ष गौचनले आफुले नेपालबाट उमेर समूह देखि राष्ट्रिय टोलीसम्म खेले पनि युवा फुटबलको वास्तविक अर्थ जापान पुगेपछि मात्र थाहा पाएको बताए । जापानमा ४ वर्ष देखि बच्चालाई प्रशिक्षण दिने र १२ वर्ष देखि एक्सपोज गराउने गरेकाले नेपालमा पनि यो मोडल अपनाउन जरुरी भएको महसुश गरेर एकेडेमी सञ्चालनमा ल्याइएको बताए ।
एकेडेमीका अध्यक्ष गौचनले भविष्यमा फनरुट्ससहित जापानका विभिन्न एकेडेमी तथा जर्मनीको जुगेन्ड फुटबल एकेडेमी, कोलोनसग द्धिपक्षीय सम्बन्ध विस्तारका लागि सम्झौता भइसकेको बताए ।
पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवंम पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराईले नेपाली खेलकुदको निराशाका कारण गौचन जापान लाग्नु परेको जनाउदै तर विदेशमा दुखः गरेर उनले स्वदेशको फुटबलमा सहयोग गर्न आएकाले एकेडेमीलाई सबैले मिलेर सहयोग गर्नु पर्ने जनाए ।
कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जवल रन्जीत, सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्य दिलबहादुर गुरुङले एकेडेमीको सफलताका लागि शुभकामना दिए । निर्देशक राजेन्द्र तामाङले युवा फुटबलमा ठुलो उद्धेश्य राखेर एकेडेमी सञ्चालनमा ल्याएको बताए ।

काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

