अबको लडाई गरिबीको अन्त्य गर्ने लडाई: उम्मेदवार लामिछाने

पाेखरा | कात्तिक २८, २०७९

अबको लडाई गरिबीको अन्त्य गर्ने लडाई: उम्मेदवार लामिछाने

 

पोखरा: नेकपा माओवादीका नेता एवं गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २(१)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकास लामिछानेले अबको लडाई गरिबी विरुद्धको लडाइँ रहेको बताएका छन् । पोखरा २१ लेवाडेमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 


उनले देशमा राजनीतिक परिवर्तन आएको र अब विकास र समृद्धिका लागि काम गर्ने बेला आएको उनको भनाई छ । तर, केही तत्व प्राप्त उपलब्धिलाई उल्ट्याउने खेलमा रहेको हुँदा जनता सचेत बन्नुपर्ने उनले बताए । राजनीतिक परिवर्त भयो । अब विकास र समृद्धिका लागि काम गर्ने हो ।’ एमाले तर्फ संकेत गर्दे उनले भने, ‘यहीबेला एउटा शक्ति परिवर्तन उल्ट्याउन लागिपरेको छ । संसद विघटन गर्ने र प्रतिगामी शक्तिसंगको साँठगाठले यसलाई पुष्टि पनि गरेको छ । उनीहरुको चलखेल रोकेर अब विकास र समृद्धि तर्फ अगाडि बढ्ने हाम्रो अभिभारा हो ।’


उम्मेदवार लामिछानेले विपन्न हकको लागि आफूले काम गर्ने बताए । उनले आफूहरु जनताको असल साथी बनेर आएको चर्चा गर्दै तीन वर्षभित्र वर्ष भित्र खानेपानीको समस्या हल गर्ने प्रतिवद्धता जनाए । उनले राज्यबाट पाउने सेवा सुबिधा नलिई गरिब र उत्पिडितको लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् । 


कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादी कास्की जिल्ला सदस्य खड्क बहादुर नेपाली दलित अहिलेसम्म पार्टीको लागि भर्याङ भएको बताए । उनले बेरोजगारीको लागि योजना आएपनि दलित जनताको माझमा नपुगेको उल्लेख गरे । उक्त अवसरमा एमाले पार्टी परित्याग गरि विभिन्न १५० जना स्थानीय माओवादीमा प्रवेश गरकेका छन् । उनीहरुले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने प्रतिवद्धता जनाएका छन् । 


यसैबीच कास्की २ मा गठबन्धनका उम्मेदवारको घरदैलो कार्यक्रम तीव्ररुपमा अगाडि बढेको छ । अहिले पोखरा १५ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल र कास्की २(१) मा प्रदेशसभा सदस्य उम्मेदवार विश्वप्रकास लामिछानेसहित गठबन्धनका नेता कार्यकर्ता घरदैलामा छन् । 


पोखरा ८ मा गठबन्धनको तर्फबाट कास्की २(२) मा प्रदेशसभा सदस्य पदका उम्मेवदवार विन्दु कुमार थापासहित गठबन्धन दलका उम्मेदवार घरदैलोमा रहेका छन् ।
 

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्