पोखरा २१ का डेढ सय बढी युवा एमाले छोडेर माओवादी प्रवेश
पाेखरा | कात्तिक २८, २०७९
पोखरा: आम निर्वाचन सम्मुखमा आउँदै गर्दा पोखरा महानगरपालिका वडा नम्बर २१ मा डेढ सय भन्दा बढी युवा एमाले छोडेर माओवादी प्रवेश गरेका छन् । एमालेले व्यवस्था जोगाउने र विकास गर्ने एजेण्डा छोडी सत्तालिप्सा मात्रै देखाएको भन्दै उनीहरुले एमाले परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
माओवादी प्रवेश गर्ने युवामा अधिकाँश दलित समुदायका छन् । उनीहरुको असन्तुष्टि एमालेले दलितलाई सत्ताको भर्याङ् मात्रै बनाएकोमा छ । पोखरा २१ का स्थानीय ईन्द्रबहादुर नेपाली भन्छन्, ‘एमालेले दलित दुखीका समस्या समाधान गर्न सकेन, अब माओवादीले हाम्रा समस्या समधान गर्ने विश्वासमा भएर नै पार्टी प्रवेश गरियो ।’
उनले विपन्नको हकको लागि काम गर्ने पार्टी माओावदी मात्र भएको बताए ।
‘बेरोजगारीको लागि योजना आएपनि दलित जनताको माझमा पुगेको छैन ।’ उनले भने, ‘गाउँमा वेरोजगार छन्, चुनाव आएपछि रोजगारीका नारा मात्रै लिएर आउँछन् ।’
स्थानीयको माग विकाससँगै स्थानीय मठ मन्दिरको संरक्षण गर्नुपर्ने, प्राकृतिक सम्पदाहरुको प्रवद्र्धन गर्नुपर्ने सामाजिक रुपान्तरण अभियान चलाउनुपर्ने रहेको छ ।
पार्टी प्रवेश कार्यक्रममा कास्की २ (१) मा ५ दलीय गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश लामिछानेले आफुले यस क्षेत्रको सामाजिक समस्या बुझेको, यो ठाउँमा कस्तो बिकास र कुन प्रकारको सामाजिक अभियान चाहिन्छ भन्ने सवालको जानकार रहेकोले आफ्नो प्रतिवद्धता प्रति ईमान्दार भएर जनताको सेवा गर्ने दावी गरे ।
‘अबको लडाईं गरिबीको अन्त्य गर्ने लडाईं हो, गठबन्धनले सोही अनुसारको घोषणापत्र पनि बनाएको छ, सोही घोषणापत्र अनुसारका कार्यक्रम लिएर आउने छु ।’ उनले भने ।
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...
काठमाडौं: ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ । कार्...
काठमाडौं: मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटे...

