नेपालले एक सय ९२ रनको लक्ष्य पायो
काठमाडाैं | कात्तिक ३०, २०७९
काठमाडौं: युएईले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई जितका लागि एक सय ९२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै उक सय ९१ रन बनायो । युएईका लागि मुहम्मद वासिमले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै अलिशन शराफुले ३५, भ्रित्य अरबिन्दले २५, बसिल हामिदले २४, कप्तान सिपी रिजवानले २२ तथा विष्णु शुकुमारनले १५ रन बनाए । युएईलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामी र ललित राजवंशीले सम्मान ३÷३ विकेट लिए भने करण केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १÷१ विकेट लिए ।
यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । तीन खेलको सिरिजमा युएई १–० ले अघि रहेको छ । युएई र नेपालबीचको तेस्रो तथा अन्तिम खेल भने शुक्रबार हुनेछ ।
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

