चुनाव वहिष्कारको कार्यक्रममा बालबालिका प्रयोग

पाेखरा | कात्तिक ३०, २०७९

चुनाव वहिष्कारको कार्यक्रममा बालबालिका प्रयोग

 

पोखरा:   विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीले पोखरामा आयोजना गरेको आसन्न निर्वाचनलक्षित संसदीय चुनावको भण्डाफोर तथा सडक सभा कार्यक्रममा बालबालिका प्रयोग भएको पाइएको छ ।


पोखरामा आज (बुधबार) भएको सडक सभामा लेखनाथस्थित बेलचौतारा लगायत स्थानका बालबालिकाहरुलाई र्यालीमा सहभागी गराइएको थियो । विहान १० बजे घरदेखि निस्केका बालबालिकाहरुलाई कार्यक्रम अवधिभर राखिएको थियो । 


उनीहरुलाई सो कार्यक्रमको नाचगानमासमेत प्रयोग गरिएको थियो । कुनैपनि पार्टीले बालबालिकालाई प्रयोग गर्न नपाउने कानूनी प्रावधान रहेको छ । पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड)को प्रमुख वक्ताका रुपमा सम्बोधन गरेका थिए ।

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्