पोखरा १६ मा प्रतिशोधको राजनीतिः के विन्दु कुमार थापा पैसा बाँड्न गएका हुन् ?

पाेखरा | मंसिर १, २०७९

पोखरा १६ मा प्रतिशोधको राजनीतिः के विन्दु कुमार थापा पैसा बाँड्न गएका हुन् ?


पोखराः बुधबार साँझ पोखरा १६ मा कास्की–२ (ख) मा गठबन्धका उम्मेदवार विन्दुकुमार थापा स्थानीयको नियन्त्रणमा रहे । एक घण्टा बढी नियन्त्रणमा रहेका थापामाथि स्थानीयको आरोप थियो, ‘थापा भोट किन्न, पैसा बाँड्न हिँडेका हुन् ।’
 

स्थलगत रिपोर्टिङकाक्रममा हामीले पाएको जानकारी अनुसार घेराबन्दी गर्नेहरु स्थानीय भनिएपनि उनीहरु एमाले कार्यकर्ता हुन् । जसको नेतृत्व सोही वडाका पूर्वअध्यक्ष जीवन आचार्यले गरेका थिए । 

 

स्मरणीय छ, स्थानीय निर्वाचनमा उनै आचार्यलाई ‘पैसा बाँडेको’ आरोपमा यसैगरी स्थानीयले नियन्त्रणमा लिएका थिए । आचार्यलाई घट्टेकुनामा घेराउ गरी निर्वाचन आयोगका कर्मचारी बोलाइएको थियो । 

 

कर्मचारीले आचार्यको खानतलासी गर्दा केही थान हजारका नोट र चुनावमा प्रयोग हुने स्वस्तिक छाप भेटियो । त्यसबेला आचार्यले पकेट खर्चस्वरुप केही पैसा बोकेको र मतदातालाई कसरी मतदान गर्ने भन्ने सिकाउन स्वस्तिक छाप बोकेको बताएका थिए । 

 

आचार्यलाई घेराबन्दी गरी आयोगका कर्मचारी बोलाउनेहरु स्थानीयको नाममा गठबन्धनका कार्यकर्ता थिए । 

 

यता, थापालाई गन्धर्व बस्तीमा नियन्त्रणमा लिइएको थियो । आचार्यको समूहले पैसा बाँड्न हिँडेको वा बाँडेर आएको शंका गरे । त्यस समय साँझको साढे ७ बजिसकेको थियो । सुरुमा यस्तो आरोप लगाएपनि पछि आचार्यले बोली फेरेका छन् । 

 

उनले भने, ‘हारजीत आफ्नो ठाउँमा छ तर राजनीतिक संस्कार हुनुपर्छ, ७ बजेपछि झण्डा लिएर चुनाव प्रचारमा हिँड्न पाइँदैन ।’ थापाले आचार संहिता विपरित कार्य गरेको भन्दै आज उनी विरुद्ध निर्वाचन आयोग क्षेत्र नम्बर २ मा उजुरी दिइने आचार्यले जनाएका छन् । 

 

यसरी स्थानीय निर्वाचनमा गठबन्धनले एमालेलाई गरेजस्तै घटना बाटुलेचौरमा थापामाथि एमालेले गरेको छ । थापलाई नियन्त्रणमा लिएर रातको चिसो तताउन एमालेकोमात्रै हात छ वा सोही क्षेत्रमा रहेका थापाको प्रतिष्पर्धी कुमार खड्का पनि संलग्न छन् भन्ने विषयमा अहिले थापाको टिम घोत्लिरहेको छ । 

 

थापाको सचिवालयमा रहेका एक सहयोगी भन्छन्, ‘राती जे भयो त्यो एमालेलेमात्रै गरेको हो भन्ने लाग्दैन, केही ‘कालो’ पक्कै छ ।’ खड्का हालै थापालगायतको विरोधमा लागेको भन्दै प्रदेशमन्त्रीबाट बर्खास्त भएका छन् । 

 

करिब १ घण्टा बढी नियन्त्रणमा परेका थापालाई जिल्ला प्रहरी कार्यालका डिएसपी सुन्दर तिवारीको नेतृत्वमा मुक्त गरी घर पु¥याइएको छ । नियन्त्रणका दौरान आयोगका निर्वाचन अधिकृत दयाशंकर अधिकारीले थापाको साथबाट निर्वाचनलाई प्रभाव पार्ने कुनै वस्तु वा सामग्री फेला नपरेको जानकारी दिएका छन् । 

 

थापा नियन्त्रणबाट मुक्त भए लगत्तै उनको सचिवालयले ‘विपक्षीहरुले हार निश्चित भएपछि सुनियोजितरुपमा दूव्र्यवहार गरेको’ नोट जारी गरेको छ । चुनाव प्रचारपश्चात् फर्कदै गर्दा बाटुलेचौरमा थापाभन्दा अघि रहेका गाडीलाई निस्कन दिएर उनको गाडी रोकिएको थियो । 
 

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्