कर तिरेर असल नागरिकको परिचय दिऔं: प्रमुख जिल्ला अधिकारी केसी
कास्की | मंसिर ७, २०७९
कास्कीः आन्तरिक राजश्व कार्यालय पोखराले ११ औं राष्ट्रिय कर दिवस मनाएको छ । ‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमूखी अर्थतन्त्र आधार’ भन्ने मूलनारासहित पोखरामा ११ औं राष्ट्रिय कर दिवस मनाएको हो ।
मंसिर १ देखि ७ गतेसम्म सप्ताहव्यापी रुपमा मनाइने कर सप्ताह यो वर्ष प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको कारण विभागको निर्देशन बमोजिम आज (मंगलबार) कर सप्ताह मनाएको हो । उक्त कार्यक्रमको उद्घाटन गर्र्दै कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले व्यवसायी कर तिरेर असल नागरिकको परिचय दिन आग्रह गरे । ‘विभिन्न पेशा व्यवसाय अहिले सञ्चालन भइरहेका छन्, उनले भने, पेशा व्यवसाय सञ्चालन गरेबापत राज्यलाई कर तिरेर असल नागरिकको परिचय दिन आवश्यक । राज्यले नियमन गर्न होइन सम्मान गर्ने वातावरण सिर्जना गर्न कर तिरेर असल नागरिकको परिचय दिऔं ।’
उनले कास्कीमा कसैले व्यापार व्यवसायमा गर्न सके राज्यको नियम अनुसार सहयोगमा लागि पर्ने बताए ।
यसैगरि उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष संजीव कोइरालाले कर सप्ताह कार्यक्रम नगरी प्राथमिक तहदेखि उच्चशिक्षासम्म करमा दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्नुपर्ने बारे अध्यापन गराउन आवश्यक रहेको उल्लेख गरे ।
‘व्यवसाय गरे कर तिर्नुपर्छ भन्ने अहिले आम नागरिकमा चेतना छ, उनले भने, ‘अब कर सप्ताह दिवस कार्यक्रम मात्र गरेर हुँदैन । प्राथमिक तहदेखि उच्चशिक्षासम्म करमा दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न अध्यापनको आवश्यक छ । व्यवसाय सञ्चालनपूर्व करको दायरामा आउन आवश्यक छ ।’
सरकारले करको दायरा नबढाएर करको दर बढाएर व्यवसायीहरुलाई नै अप्ठयारो पार्दै गएको उनले बताए । ‘सरकारले करको दर मात्र बढाएर हुँदैन दायरा बढाउन आवश्यक छ, उनले भने, ‘कसैले ५ महिना देखि ५ वर्षसम्मा पसल व्यवसाय सञ्चालन गरेका हुँदैन । सबै करको दायरामा आउन आवश्यक छ । कर होइन करको दायरा बढाउन राज्यलाई अनुरोध छ ।’
त्यस्तै कार्यक्रममा चेम्बर अफ कमर्श गण्डकीका अध्यक्ष किसान सुनारले समृद्ध देशको परिकल्पना पुरा गर्न कर कार्यालयले चार बुँदामा ध्यान दिनुपर्ने धारणा राखे । ‘करदाता मैत्री कानुन, स्वच्छ सबल, सक्षम कर प्रशासन, इमान्दार करदाता र दिगो प्रभावकारी करनीतिमा ध्यान दिन सके समृद्ध देशको परिकल्पना पुरा हुन सक्छ’ उनले भने ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

