पिएमसीको मानवीय कार्यः वार्षिकोत्सवमा रक्तदान
पाेखरा | मंसिर १२, २०७९

पोखराको शान्तिवनस्थित पोखरा बहुमुखी क्याम्पसले ३६ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
मानवीय कार्य हेतु ‘रक्तदानः जीवनदान’ नारासहित आयोजित कार्यक्रममा २४ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक दीपकप्रसाद घिमिरेले जानकारी दिए । रक्तदान कार्यक्रमपूर्व रक्तसञ्चार केन्द्र, कास्की प्रमुख अर्जुन ज्ञवालीले विषयवस्तुउपर प्रकाश पारेका थिए ।
सप्ताहव्यापी कार्यक्रमकासाथ मनाइने वार्षिकोत्सवमा विविध विधा रहेका छन् । सोही अनुरुप मंगलबार सरसफाई कार्यक्रम रहेको क्याम्पस प्रमुख शिशुकला पराजुलीले जानकारी दिइन् ।
क्याम्पसको वार्षिकोत्सव बुधबार रहेको छ । पोखराकै पुरानो यस क्याम्पसले हाल शान्तिवनस्थित नयाँ भवनबाट शैक्षिक कार्यक्रम सुचारु गरेको छ ।
बिहानी सत्रमा मानविकी र व्यवस्थापन संकायमा पढाई भइरहेको क्याम्पसमा आगामी शैक्षिकसत्रदेखि अन्य संकाय थपिने प्रमुख पराजुलीले जनाएकी छिन् ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ। मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...
काठमाडौं: देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा. विकास देव...