समाजसेवी गुरुङको जन्मोत्सव वृद्धाश्रममा
पाेखरा | मंसिर १२, २०७९
पोखराः लामा अमृत फाउण्डेसन घान्द्रुकका सस्थापक अमृत गुरुङले आफ्नो जन्मोत्सव वृद्धा आश्रममा मनाएका छन् ।
३६ वर्षीय गुरुङले आफ्नो जन्मोत्सव पोखरा महानगरपालिका १७ छोरेपाटनस्थित मानवसेवा आश्रम र सीता पाइलास्थितको वृद्धाआश्रममा खाद्यान्नका सामाग्री सहयोग गरेका जन्मोत्सव मनाएका हुन् ।

उनले सहयोग हस्तान्तरण गर्दै आफ्नो जन्मोत्सवमा आर्शिवाद लिन वृद्धाश्रम पुगेको बताए । ‘आजभोलि जन्मदिनमा फजुल खर्च गर्ने प्रचलन बढ्दो छ । साथीभाईहरुसँग भेटघाटमा रमाइलो हुन्छ, उनले भने, ‘जन्मदिनमा बाहिर गर्ने फजुल खर्च भन्दा कुनै सामाजिक सेवामा खर्च गर्न पाए शान्ति मिल्छ । त्यसैले यहाँहरुसँग आर्शिवाद लिन यहाँ आएको हुँ ।’
उनले युवा पुस्तालाई सन्देश दिने उद्देश्यले जन्मोत्सव आश्रममा मनाएको बताए । ‘यो मेरो सहयोग भन्दापनि सन्देश हो, उनले भने, ‘भोज गरेर खर्च गर्नुको सट्टा असहायको साहरा बन्न सक्नुपर्छ भन्ने हेतुले हरेक वर्ष मैले यसरी नै जन्मोत्सव मनाउने गर्दछु ।’
हरेकवर्ष आफ्नो जन्मोत्सव वृद्धाश्रममा मनाउदै आएको बताउदै यसपटकपनि सोही कार्यलाई निरन्तरता दिएको गुरुङले जानकारी दिएका थिए ।
युवा व्यवसायी तथा समाजसेवी गुरुङले सामाजिक सेवासँगै खेलकुद विकासको क्षेत्रमासमेत काम गर्दै आएका छन् । उनले यसअघि कोरोना महामारीको समयमा पनि विपन्न परिवारहरुलाई राहात स्वरुप खाद्यान्नका समाग्री सहयोग गरेका थिए ।
गुरुङले सहयोग गरेको मानवसेवा आश्रम छोरपाटनमा सय जना र सीता पाइलास्थित पोखरा वृद्धाश्रममा ५५ जना आश्रित छन् । सोही अवसरमा उनले पोखरा १४ का मृगौलापीडित नरबहादुर तामाङको परिवारलाईसमेत खाद्यान्न तथा नगद सहयोग गरेका थिए ।

पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

