‘१७ औं प्याब्सन स्पोर्ट्स मिट’ को तयारी पूरा, औपचारिक उद्घाटन २५ गते
१७ औं स्पोर्ट्स मिटमा फुटबलमा बर्चस्व
पाेखरा | मंसिर १९, २०७९
पोखराः प्याब्सन कास्कीको आयोजनामा भोलिदेखि ‘स्वस्थ मस्तिष्कका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने १७ औं प्याब्सन स्पोर्ट्स मिटको सम्पूर्ण तयारी पूरा भएको छ ।
मंसिर २० गतेदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको (निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल) प्याब्सन कास्कीले आज (सोमबार) पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
प्याब्सन कास्कीले आयोजना गरेको स्पोर्ट्स मिटमा कक्षा १ देखि १० सम्मका छात्र, छात्रा सिनियर, जुनियर फुटबल, भलिबल, टेबल टेनिस, एथेलेटिक्स आयोजना गरेको १७ औं प्याब्सन स्पोर्ट्स मिटका संयोजक उमा लामिछानेले बताए । उनका अनुसार कक्षा ११ र १२ का छात्र, छात्राबिच भलिबल, बास्केटबल र एथेलेटिक्समा प्रतिस्पर्धा हुनेछ ।
१७ औं स्पोर्ट्स मिटमा फुटबलमा बर्चस्व
प्याब्सन कास्कीले आयोजना गरेको विविध प्रतियोगिता मध्ये सिनियर देखि जुनियरसम्म फुटबलमा सबैभन्दा बढी विद्यालयमा सहभागिता जनाएका छन् ।
कक्षा १ देखि १० सम्मे सिनियर फुटबलमा ६९ विद्यालय, जुनियर तर्फ ५६ विद्यालयले सहभागिता रहेको छ । यस्तै भलिबल तर्फ छात्र तर्फ १८ विद्यालय र छात्रा तर्फ १९ विद्यालयले सहभागिता हुनेछन् ।
टेबलटेनिसतर्फ तर्फ सिंगलतर्फ छात्र ४१, छात्रा १९ र डवलतर्फ छात्र ३९, छात्रा १६ विद्यालयले प्रतिस्पर्धा गर्नेछन् । एथेलेटिक्स तर्फ छात्र ६५ र छात्रा तर्फ ५३ विद्यालयले सहभागिता रहेको छ । यस्तै कक्षा ११ र १२ को भलिबल छात्र तर्फ १६ र छात्रा तर्फ ८ विद्यालय र बास्केटबल तर्फ छात्रतर्फ १७ र छात्रा तर्फ ६ विद्यालयको सहभागिता रहेको छ ।
१७ औं प्याब्सन स्पोर्टस मिट सफल बनाउन सबै संग आग्रह गर्दै प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले प्रतियोगितामा करिव ५० लाख खर्च हुने अनुमान रहेको जानकारी दिए । प्रतियोगिताको औपचारिक उद्घाटन पुष २५ देखि सुरु हुने भएपनि सिनियर तथा जुनियर तर्फको फुटबल प्रतियोगिताहरु हेमजास्थित गौरीशंकर खेल मैदान, शान्तिदिप वोर्डिङ स्कुलको खेल मैदान, नेपाल आदर्श स्कूलको खेल मैदान र लेखनाथस्थित आदर्श रंगशालामा सञ्चालन हुनेछ ।
१७ औं प्याब्सन स्पोर्ट्स मिटमा ९० बढी निजि विद्यालयका ७ हजार बढी विद्यार्थीहरुले विभिन्न विधाका प्रतियोगिताहरुमा प्रतिपस्र्धा गर्नेछन् भने ११ हजार बढी अभिभावक तथा दर्शकले प्रतियोगिता अवलोकन गर्ने प्याब्सनले जनाएको छ । प्याब्सनले २ वर्ष कोरोना भाइरसका कारण प्रतियोगिता सञ्चालन गर्न नसकेको जनाएको छ ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

