विश्वकपमा ब्राजिलसँग भिड्दैँ एसियाली ‘बाघ’ कोरिया

काठमाडाैं | मंसिर १९, २०७९

विश्वकपमा ब्राजिलसँग भिड्दैँ एसियाली ‘बाघ’ कोरिया

काठमाडौं:   आजको खेलमा  ब्राजिलले एसियाली ‘बाघ’ दक्षिण कोरियासँग खेल्दैछ । यो खेल राति १२:४५ बजेपछि हुनेछ ।


दक्षिण कोरियाविरुद्ध मैदान उत्रदा ब्राजिल आफ्नो खेलाडीको चोटलाई बिर्सदै जितको लक्ष्यमा पुग्न चाहान्छ ।  सर्वियासँगको पहिलो खेलमै स्टार फरवार्ड नेयमारलाई गुमाएको ब्राजिलले लगातार अन्य तीन खेलाडी र खेलको अन्त्यसँगै अन्य दुई खेलाडीलाई गुमाइसकेको छ । 


छैटौंपटक विश्व च्याम्पियन बन्ने अभियानमा रहेको ब्राजिललाई आफ्नो खेलाडीको चोट महँगो पर्न सक्नेछ । तर, यस खेलका लागि नेयमार फर्कने ब्राजिलका मुख्य प्रशिक्षक टिटेले जनाएका छन् । 


यता, दक्षिण कोरिया पनि अर्को स्तब्धपूर्ण नतिजा निकालेर क्वाटरफाइनलमा पुग्न चहान्छ । हालसम्म नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स र इंग्ल्यान्डले क्वाटरफाइनलमा स्थान पक्का गरिसकेका छन् ।

 

यसैगरी यो भन्दा अगाडी जापान र क्रोएसिया भिड्दैँछन् ।  यो खेल अल जानौव रंगशालामा नेपाली समयअनुसार राति ८:४५ बजेपछि हुनेछ ।

 

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्