राष्ट्रिय व्यापार मेलामा रोजगारी दिने र लिनेको जमघट

पाेखरा | मंसिर २०, २०७९

राष्ट्रिय व्यापार मेलामा रोजगारी दिने र लिनेको जमघट

पोखराः   पोखराको नयाँबजार प्रदर्शनी केन्द्रमा जारी समृद्ध स्टिल्स राष्ट्रिय व्यापार मेलामा विभिन्न व्यवासायीहरुको स्टलहरु छन् । विशेषगरि व्यवासायिक प्रयोजनका लागि स्टल सञ्चालन गरिएपनि केही स्टलहरु फरक किसिमका छन् ।


डोमभित्र रहेको आयोजक संस्थाकै एउटा यस्तो स्टल छ, जहाँ रोजगारी दिने र लिनेको जमघट हुन्छ । त्यतिमात्रै होइन, त्यहाँ तालिमको लागि इच्छुकहरुका लागिसमेत आवेदनको व्यवस्था छ । उक्त स्टलमा  दुईदिनको समयावधिमा १८ जनाले रोजगारीका लागि आवेदन बुझाएका छन् ।


पोखरा उद्योग वाणिज्य संघको  स्टलमा दुई दिनमा १८ जनाले विभिन्न जागिरका लागि आवेदन दिएको संघका कर्मचारी लक्ष्मी अधिकारीले जानकारी दिइन् ।  


उनका अनुसार दुई दिनको अवधिमा ५ जना रोजगारदाताले जागिर दिलाउने भन्दै नाम उपबल्ध गराएका छन् भने ४ जनाले तालिमका लागि माग गरेका छन् ।


‘मेला १६ गतेदेखि नै जारी हो, यो स्टल हिजो देखि राखिएको हो, अधिकारीले भनिन्, ‘जागिर चाँहियो, तालिम चाँहियो र जागिर दिन्छु भनेर स्टलमा आएर नै नाम, ठेगाना र सम्पर्क नम्बर उपलब्ध गराउनुभएको छ, मेला पछि हामीले उहाँहरुसँग समन्वय गरेर अगाडी बढ्छौं ।’


यो समाचार तयार पार्दासम्म जागिर रोजगारीका लागि १८, स्वरोजगारको लागि तालिम ४ जना र आफ्नो कम्पन्नी वा व्यवसायमा रोजगारीको अवसर दिनका लागि ५ जनाले आवेदन दिएको अधिकारीले बताइन् ।


उनका अनुसार रोजगारको आवेदन दिनेमा अधिकांश पार्ट टाइम जबदेखि इन्जिनियरिङ, बैंङ्क तथा वित्तिय संस्था, शिक्षक, विक्रेता (सेल्स मेन) रहेका छन् । यस्तै तालिमका लागि आवेदन दिनेमा पार्लर, वारिस्टा, कम्युटर शिक्षा र मन्टेश्वरी तालिमको माग गरिएको बताइएको छ । जागिर दिने भनेर आवेदन दिनेमा होटल, अकान्टेन्ट, सेल्समेन, मार्केटिङ लगायतका क्षेत्रहरु उल्लेख गरिएका छन् । महोत्सव आगामी २५ गतेसम्म जारी रहनेछ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्