साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा करण महतो पक्राउ
काठमाडाैं | मंसिर २०, २०७९
काठमाडौं: प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका ५ झुवानीटोल बस्ने १८ वर्षीय युवक करण महतो रहेका छन् ।
महतोले साइबर ब्यूरोको नक्ककली फेसबुक पेज बनाएर सर्वसाधारणलाई झुक्यानमा पारी ठगी गर्ने अभिप्रायले उक्त पेजको दुरूपयोग गरेको ब्यूरोको आरोप छ ।
पक्राउ परेका उनीमाथि काठमाडौं जिल्ला अदालतले ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

