तस्बिरमा हेर्नुहोस्, पाेखरा अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक उद्धार अभ्यास
पाेखरा | मंसिर २३, २०७९
पोखराः पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा आज आकस्मिक उद्धार अभ्यास गरिएको छ । विमानस्थल सञ्चालनको तयारीमा विमानस्थलमा शुक्रबार दिउँसो आपतकालीन उद्धार अभ्यास गरिएको हो ।
विमानस्थल परिसरमा ठूलो धुँवाको मुस्लो दखिएपछि एम्बुलेन्स आवतजावत एंव नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, रेस्क्यु फायर फाइटिङ सर्भिसका अभ्यास गरेको थियो ।
आपतकालीन अवस्थामा विमान अवतरण गराउनुपर्दा र जहाज दुर्घटना पश्चात उद्धारलाई कसरी व्यवस्थित र छिटो छरितो बनाउन सकिन्छ भनेर तयारीको लागि उद्धार अभ्यास गरिएको हो।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार विमानस्थलमा रहेका फायर फाइटर, नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहितको उद्धार टोली र उद्धार पछिको उपचारको लागि स्वास्थ्यकर्मीको टोलीले अभ्यास गरेका थिए।
एम्बुलेन्स तथा दमकलसमेतको उक्त टोलीले दुर्घटनामा परेको जहाजबाट घाईतेको उद्धार गरि सुरक्षित स्थानमा पुर्याएर तत्काल गर्नुपर्ने उपचारको समेत आपतकालिन अभ्यास गरेको थियो।
करिब २ बजेदेखि गरिएको उक्त अभ्यासमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड भित्र रहेर फायर फाइटर, सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली विमानस्थलमा एम्बुलेन्स तथा दमकल समेत तयारी अवस्थामा राखी फुल स्केलको आपतकालिन अभ्यास गरिएको थियो।
आपतकालिन अभ्यासको क्रममा ‘अनामपुरबाट आएको एबीसी एयरलाइन्सको एम १२३ नम्बरको जहाज रनवे ०३ बाट जहाज अवतरण गर्नेबेला धावनमार्गको दायाँतर्फ चिप्लिएर जहाज दुर्घटनाग्रस्त हुन्छ । जहाजमा १८० जना सवार हुन्छन् । दनदनी बलिरहेको जहाजलाई विमानस्थलमा तयारी अवस्थामा रहेका ३ वटा दमकलले आगो निभाउँछन् । लगत्तै एम्बुलेन्स तथा सुरक्षा निकाय उद्धारमा खटिन्छन् । गम्भीर घाइते भएकालाई उद्धार गर्न हेलिकप्टर पनि आउँछ ।
यो सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार गरिएको आपतकालीन उद्धारको अभ्यास कार्यक्रममा देखिएको दृश्य हो । नागरिक उड्डयन प्राधिकरणको अंग्रेजी नयाँ वर्ष अर्थात जनवरी १ देखि सञ्चालनदेखि विमानस्थल सञ्चालनमा ल्याउने तयारी छ ।
सोही योजनाका लागि शुक्रबार विमानस्थलमा ‘अलर्ट वान’ अर्थात एअरपोर्ट क्षेत्रमै घट्न सक्ने दुर्घटनाको उद्धारको अभ्यास गरिएको विमानस्थलका प्रवक्ता अनुप जोशीले जानकारी दिए ।
विमानस्थल नियमित सञ्चालनमा आएपछि आपतकालीन दुर्घटना उद्धारका ३ वटा फायर फाइटिङ भेइकल, २ वटा एम्बुलेन्स हुने प्रवक्ता जोशीले जानकारी दिए । उनले भने, ‘त्यसका लागि हामीसँग चाहिने सबै कर्मचारी, जनशक्ति तयार नै हुनुहुन्छ ।’
प्रवक्ता जोशीले तोकिएकै समयमा विमानस्थल सञ्चालन गर्न आफूहरु तयार रहेको दाबी गरे । ‘तोकिएको समयमै विमानस्थल सञ्चालनमा ल्याउन हामी तयारी गरिरहेका छौं,’ उनले भने, ‘यसका लागि हामी १२० दिनदेखि नै समिति गठन, सरोकारवाला निकायसँग पनि निरन्तर छलफल, अन्तरक्रियामै छौं ।’
तस्बिरहरु: अर्जुन गाहा मगर (सुशान्त)






















काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

