गण्डकी प्रदेश समानुपातिक सांसदमा एमाले कास्कीबाटै परे ४
पाेखरा | मंसिर २५, २०७९
पोखराः समानुपातिक तर्फ गण्डकी प्रदेशमा नेकपा एमालेले पाएको समानुपातिक सांसद टुङ्गाएको छ ।
समानुपातिक तर्फ पहिलो दल बनेको नेकपा एमालेले कास्कीबाट चार जना सांसद छनोट गर्दै समानुपातिक सांसद टुङ्गाएको हो ।
कास्कीबाट नेकपा एमालेबाट समानुपातिक तर्फ छनोट हुनेमा देवका पहारी, राजकुमारी भुजेल, प्रकाश केसी, नन्दकला नेपाली छनोट भएका हुन् ।
यस्तै नेकपा एमालेबाट छनोट हुनेमा कृष्णप्रसाद पाठक, लिलाबहादुर थापा, गोविन्दबहादुर नेपाली, नन्दकला दमाई, निर्मला थापा, यशोदा रिमाल, प्रकाश के.शी सांसदमा छनोट भएका हुन् ।
कांग्रेसतर्फ सरस्वती गुरुङ, विमला गौचन, रेखा गुरुङ, पार्वती तामाङ, सरस्वती अर्याल, चम्पादेवी खड्का, कल्पना तिवारी, टिकाकुमारी बस्याल र दिलमाया पौवि सांसद सांसदमा छनोट भएका हुन् ।
माओवादी केन्द्रबाट कुशुम बुढा, शुसिला सिंखडा, दमयन्ती रुचाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पन्चराम गुरुङ र विन्दु पहाडी सांसद बनेका हुन् ।
गण्डकी प्रदेशमा समानुपातिक तर्फ पहिलो बनेको नेकपा एमालेले १० जना, काँग्रेसले ९ जना, माओवादी केन्द्रले ३ जना र राप्रपाले २ सांसद पाएका थिए ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

