तनहुँको चुदेर गाउँलाई ‘एकीकृत नमुना बस्ती’ बनाउने तयारी

तनहुँ | मंसिर २९, २०७९

तनहुँको चुदेर गाउँलाई ‘एकीकृत नमुना बस्ती’ बनाउने तयारी PHOTO: ASBIN DESIGN, DAMAULI

तनहुँ:  व्यास नगरपालिका ५ स्थित मगर गाउँ चुदेरलाई ‘एकीकृत नमुना बस्ती’ बनाउने तयारी थालेको छ ।  रोट्रयाक्ट क्लब अफ होनोलुलू हुवाई अमेरिकाले एकीकृत नमुना बस्ती बनाउने तयारी थालेको हो ।

 

यसअघि उक्त क्लबले चुदेरमा करिब ८० लाखको लागतमा खानेपानीको योजना सम्पन्न गरिसकेको छ । 

 

गत २७ गते आयोजित कार्यक्रमकाबीच सो गाउँलाई एकीकृत नमुना बस्तीको रुपमा विकास गर्नका लागि गुरुयोजना बनाइने दातृसंस्था क्लबका प्रतिनिधिले सुनाएको स्थानीय विकास थापामगरले बताए । ‘अमेरिकाको हुवाइबाट आएको रोट्रयाक्ट क्लब अफ होनोलुलूले हाम्रो गाउँमा खानेपानीको प्रोजेक्ट सम्पन्न गरिसकेको छ । र हामी लाभाविंत भइसकेका छौं, थापामगरले भने, हस्तान्तरण पहिल्यै भएपनि अहिले दोस्रोपटक उहाँहरु आउनुभएको थियो । त्यही कार्यक्रममा यो गाउँलाई एकीकृत नमुना बस्ती बनाउन डिपिआर तयार गर्ने बताउनुभएको थियो ।’

 

थापामगरका अनुसार अहिले सो गाउँमा २२ घरधुरी छ । 

 

उनले खानेपानीको योजना सम्पन्न भएपश्चात अवलोकन र सँस्कृति आदानप्रदान गर्नका लागि अमेरिकाबाट आएको रोट्रयाक्ट क्लबले कृषि विज्ञानसम्बन्धिसमेत तालिम प्रदान गरेको बताए । ‘हाम्रो गाउँमा रोटरी चुदेर खानेपानी योजनाको अवलोकन, संस्कृतिको आदानप्रदान र शिक्षासम्बन्धि कार्यक्रम र एडल्ट साइन्स लिट्रेसी लिएर आउनुभएको थियो, उनले भने, ‘सोही अवसरमा स्थानीयलाई कृषिसम्बन्धि केही सीपमुलक तालिम पनि दिनुभएको थियो ।’ 

 

 

उनले उक्त क्लबको प्रतिबद्धतामा स्थानीय सरकारसमेत सकरात्मक रहेकोे बताए । ‘हाम्रौ गाउँमा पानीको समस्या थियो । त्यो हल भइसकेको छ । विद्युत पनि छदैछ अब बाटो हो त्यो पिच हुन तत्काल सम्भव नभएपनि वडासँग समन्वय गरिरहेका छौं । त्यसलाई के कसरी व्यवस्थित बनाउन सकिन्छ त्यो बारे वडाले पनि सहयोग गर्ने कुरा छ ।’ उनले भने ।

 

उनले सो गाउँमा मगर जातिमात्रै रहेका बताउदै संस्कृतिलाई संरक्षण गर्न विभिन्न कार्यक्रम नै सञ्चालन हुदै आएको सुनाए । ‘हाम्रो गाउँमा मगरहरुको मात्रै बस्ती छ । संस्कृतिलाई जिवन्त राख्न विभिन्न प्रयासहरु गर्दै आएका छौं ।’ थापामगरले भने ।
 

त्यसैगरि व्यास नगरपालिका ५ का वडाध्यक्ष विश्व कुमार श्रेष्ठ (हिमाल) ले चुदेरको पर्यटकीय सम्भावना रहेको बताउदै नमुना बस्ती निर्माणको योजना सकरात्मक रहेको बताए । ‘चुदेरको पर्यटकीय सम्भावना अत्याधिक छ, उनले भने, ‘त्यहाँको सँस्कृति जिवितै छ । अहिले आधारभूत पूर्वाधारहरु सबै छन् । त्यसैले पनि गाउँमा फर्किनेहरु पनि हुनुहुन्छ ।’ 
 

 

दातृनिकायको सहयोग आवश्यक रहने बताउदै वडाध्यक्ष श्रेष्ठले चुदेरको विकासको लागि वडाको तर्फबाट आफुले सधै पहल गर्ने बताए । उनका अनुसार सो रोट्रयाक्ट क्लबले व्यास नगरपालिका ५ को जनजुक्त शाही विद्यालयमा माइक्रोस्कोप र उदय माविमा विज्ञानका उपकरण सहयोग गरिएको थियो ।
 

चुदेर गाउँमा गत २७ गते सम्पन्न कार्यक्रममा रोट्रयाक्ट क्लब अफ होनोलुलू हुवाई अमेरिका, रोट्रयाक्ट क्लब अफ दमौली, आस्था जे रिसर्च एण्ड डेभलभमेन्ट सेन्टरका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो । 
 

काठमाडौं:  मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ । जसको प्रभावले मङ्गलबार देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी, लु...

थप पढ्नुहोस्

पर्वतः लगातारको वर्षाका कारण जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ । भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिङ्गो गाउँनै जोखिममा परेको हो । यहाँ आधादर्जन घरपरिवारको बसोबास रह...

थप पढ्नुहोस्

पोखरा:   कास्कीको तीन पालिकाले भोलि (मंगलबार) सार्वजनिक बिदा दिएको छ ।  आदिवासी जनजाति गुरुङ (तमु) समुदायको मौलिक एवम् सांस्कृतिक पर्व ट्होटे पर्वका अवसरमा भोलि कास्कीको अन्नपूर्ण, मादी र माछा...

थप पढ्नुहोस्