गरगहनासहित २७ लाख चोरी आरोपमा पर्वतकी टीका प्रकाउ

पाेखरा | मंसिर २९, २०७९

गरगहनासहित २७ लाख चोरी आरोपमा पर्वतकी टीका प्रकाउ

पोखराः   जिल्ला प्रहरी कार्यालय कास्कीले गरगहणासहित २७ लाख बढी रकम चोरी गरेको आरोपमा पर्वतकी एक महिलालाई प्रकाउ गरेको छ । 


वृद्धा महिलाहरुलाई ललाई फकाई पोखराको विभिन्न स्थानबाट गरगहनासहित २७ लाख बढी रकम चोरी गरेको आरोपमा  पर्वतको मोदी गाउँपालिका ६ घर भएका ३४ वर्षीय टीका श्रेष्ठलाई प्रहरीले बुधबार पोखरा ४ गणेश टोलबाट प्रकाउ गरेको हो ।


श्रेष्ठले २७ लाख २ हजार ५८ रुपैया बराबरको गहना चोही गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए । 

 


उनका अनुसार श्रेष्ठले पोखरा ११ रानीपौवाका ७८ वर्षीय दुर्गा कुमारीको पाध्यको २ लाख ६१ हजार ५८ रुपैया, पोखरा १३ बस्ने ८३ वर्षीय रिखीमाया सापकोटाको सुनको गहना ३ लाख बराबरको , पोखरा १२ माटेपानीका ७० वर्षीय तिल कुमारी थापाको ८ लाख, पोखरा १२ बस्नै ९० वर्षीय शान्ति माया गुरुङको ३ लाख ५५ हजार २ सय ५० रुपँया चोरी गरेको खुल्न आएको हो । 


यस्तै पोखरा १५का ५४ वर्षीय सिता माया गिरीको २५ हजार, पोखरा २७ बस्ने ६५ वर्षीय मधुमाया पौडेलको ३ लाख ५७ हजार, पोखरा १० बस्ने ८२ वर्षीय डुमा देवी थापाको ६ लाख ९ हजार सहित २७ लाख २ हजार ५८ रुपैया तथा गहना चोरी गरेको निमित्त प्रवक्ता खड्काले बताए ।  


प्रकाउ परेका श्रेष्ठलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरी अनुुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्