पोर्चुगल फुटबल महासंघद्वारा प्रशिक्षक सान्तोसलाई बर्खास्त गर्ने निर्णय
काठमाडाैं | पुस १, २०७९
काठमाडौं: पोर्चुगल फुटबल महासंघले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसलाई बर्खास्त गर्ने निर्णय लिएको छ ।
फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि पोर्चुगलको विश्वकप जित्ने सपना समाप्त भएको थियो । पछिल्लो दुई खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोस निकै चर्चामा थिए । स्विट्जरल्यान्ड विरुद्ध जित हासिल गरेपनि मोरक्कोविरुद्ध हार बेहोरेपछि उनको चर्को आलोचना भएको थियो ।
यद्दपी सान्तोसले खेलपछि बोल्दै रोनाल्डोलाई नखेलाउने निर्णय गलत नभएको र राजीनामा पनि नदिने जानकारी दिएका थिए । सन् २०२४ मा हुने युरोपेली च्याम्पियनसिप सम्मका लागि सम्झौतामा रहेका सान्तोसले राजीनामा दिनुपर्ने अवस्था नरहेको बताएका थिए ।
‘मेरो सम्झौताको बारेमा अहिले केहि भन्ने अवस्था छैन । अब स्वदेश फर्केर फुटबल संघको अध्यक्षसँग छलफल गरेर उचित निर्णय लिनेछौं । हामीले सन् २०१४ यता पटक पटक छलफल गरेका छौं र राजीनामा दिने भन्ने शब्द कहिले पनि निस्केको छैन,’ उनले भनेका थिए ।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

