गणतन्त्रलाई सुदृढ र सफल बनाउनुपर्छ: मुख्यमन्त्री राई

विराटनगर | जेठ १५, २०७९

गणतन्त्रलाई सुदृढ र सफल बनाउनुपर्छ:  मुख्यमन्त्री राई

 विराटनगर:     प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनताको ठूलो बलिदान र सङ्घर्षबाट  प्राप्त गणतन्त्रणलाई सुदृढ र सफल बनाउनुपर्ने बताउनु भएको छ । 

 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा १५औँ गणतन्त्र दिवसको अवसरमा आज विराटनगरमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन गर्दै उहाँले संविधानको मर्मअनुसार गणतन्त्रलाई कार्यान्वयन गर्न सबैको काँधमा ठूलो जिम्मेवारी आएको धारणा राख्नुभयो ।
     

मुख्यमन्त्री राईले गणतन्त्र स्थापनापछि अहिले हामी सिकाइको क्रममा रहेको उल्लेख गर्दै जनताको विकास र समृद्धिको अनुभूति क्रमशः पूरा हुदैँ जाने विचार व्यक्त गर्नुभयो । उहाँले  गणतन्त्र स्थापनापछि विभिन्न क्षेत्रका पछिपरेका नागरिकको हकअधिकार प्राप्त भइरहेको उल्लेख गर्दै आगामी दिनमा प्रदेशको विकासले फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।
    

मुख्यमन्त्री राईले रक्तदान जीवन दान भएको उल्लेख गर्दै स्वस्थ्य नागरिकले प्रत्येक तीन महिनामा रक्तदान गरी अन्य व्यक्तिको जीवन बचाउन सबैभन्दा ठूलो पुण्यकार्य हुने उल्लेख गर्नुभयो । 

 

उहाँले रक्तदान गर्ने दातालाई प्रमाणपत्र वितरण गर्नुभएको छ । सो अवसरमा सशस्त्र, नेपाल प्रहरी, मन्त्रालयका कर्मचारी, सर्वसाधारण गरी एक सय जनाले रक्तदान गर्नु भएको थियो ।

 

गणतन्त्र दिवसकै अवसरमा महानगरले बिहान प्रदेशसभा सचिवालय भवन क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरेको थियो । 

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्