BREAKING: ठिक २: ४५ बजे अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण

पाेखरा | पुस ७, २०७९

BREAKING: ठिक २: ४५ बजे अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पौने ३ बजे यति एयरको विमान अवतरण भएको छ । नवनिर्मित विमानस्थलमा १ जनवरी २०२३ बाट आन्तरिक उडान सुरु गरिनुपूर्व आज परीक्षणकारुपमा ‘डेमो उडान’ गरिएको हो । 

 

यतिपछि बुद्ध एयरको विमान ३: ०५ मा अवतरण भएको छ । दुबै जहाज पोखराकै अर्काे विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गरेको छ । 
 

 

डेमो उडानमा व्यवसायी, पत्रकार एवं विमानस्थलका प्राविधिक एवं कर्मचारी रहेका थिए । उडानपछि दुबै विमान पुनः पहिलेकै विमानस्थल फर्किएका छन् । 

काठमाडौं:  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...

थप पढ्नुहोस्

गोरखा:   गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...

थप पढ्नुहोस्

ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका  २६ वर्षका फुर्वा...

थप पढ्नुहोस्