सुर्खेतमा गाडी दुर्घटना हुँदा ६ जना घाइते

सुर्खेत | पुस ८, २०७९

सुर्खेतमा  गाडी दुर्घटना हुँदा ६ जना घाइते

 सुर्खेत:   पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । गाडी शुक्रबार पञ्चपुरी नगरपालिका–२ सिरी चौरमा दुर्घटनामा परेको हो। 


घाइते हुनेमा पञ्चपुरी नगरपालिका–८ बस्ने ५६ वर्षीय जनक देव गिरी, दैलेखमो नौमुले गाउँपालिका–३ का १६ वर्षीय हिमा सलामी मगर, जुम्ला चन्दननाथ गाउँपालिका–८ बस्ने २० वर्षीय बसन्ती धरला रहेका छन् । यस्तै पञ्चपुरी नगरपालिका–२ का २७ वर्षीय धनिराम रेग्मी, वडा नम्बर ५ का ३४ वर्षीय नन्दा शाही र दैलेख भैरवी गाउँपालिका–२ का ६८ वर्षीय मुना पुरीको ढाँडमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । 


पञ्चपुरी–५ बाबियाचौरबाट सुर्खेतका लागि छुटेको काँक्रेबिहार समितिको कर्णाली प्रदेश ०२००१ ख ०१६१ नम्बरको फोर्स गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गाडी सडकबाट २ मिटर तल बायाँ साइटमा पल्टिएको थियो । उनीहरूको स्थानीय स्वास्थ्य केन्द्र सालकोटमा उपचार भइरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्