चर्चित फ्याबल्ली र इण्डिया ब्राण्डको नेपाल फ्रेन्चाइज पोखरामा
पाेखरा | पुस ९, २०७९
पोखरा: भारतकै चर्चित कम्पनी हाउस अफ इण्डियाको फ्याबल्ली र इण्डिया ब्राण्डको नेपाल फ्रेन्चाइज पोखरामा शुरु हुने भएको छ । नेहा थापा भट्टराईले पर्यटकिय क्षेत्र लेकसाइडबाट नेपालकै पहिलो फ्रेन्चाइज शाखाको रुपमा आइतबारदेखि यसको औपचारिक शुरुवात गर्न लागेकी हुन् । सिवानी पोदारले सन् २०१६ मा भारतको नोयडा दिल्लीबाट यो ब्राण्डको शुरुवात गरेकी थिइन् । यसले भारतको ट्रेडिशनलदेखि नयाँ पुस्तासम्मलाई समेटने मोर्डन ड्रेसको उत्पादन तथा विक्री गर्दै आएको छ ।

‘कम्पनीले रेडिमेड साडी, लेहेंगा, कुर्थीदेखि नयाँ पुस्ताको रोजाइमा पर्ने विभिन्न प्रकारका पहिरनको उत्पादन गर्दछ, जुन उत्पादनले नेपाली ग्राहकको मन पनि जित्दै आएको छ’–नेहा थापाले भनिन् । विगत लामो समयदेखि नेपालमा यसको फ्रेन्चाइज खोल्नका लागि कम्पनी समक्ष अनुरोध गर्दै आएपनि हालै आएर मात्र कम्पनीले आफुलाई यसको फ्रेन्चाइज अधिकार दिएको उनले बताइन् । झण्डै डेढ करोडको लगानीमा यसको शुरुवात गरिएको उनका श्रीमान कञ्चनबहादुर भट्टराइले जनाए ।

पोखरामा बुटिक आइटमको माग बढ्दै गएको अवस्थामा यो प्रोडक्ट पोखरेलीहरुको रोजाइमा पर्ने उनको विश्वास छ । विवाह,पार्टी अथवा कुनै समारोहमा जानका लागि महिनौं अघिदेखि बुटिक धाउन नपर्ने र कमै खर्चमा चाहे जस्ता विभिन्न डिजाईनका पहिरनहरु सहजै उपलब्ध हुने उनले बताइन् । अनलाइनमार्फत पनि यसको खरिद बिक्री हुने थापाले जानकारी दिइन् ।

थाइल्याण्डको ए.आइ.टी.स्कुल अफ म्यानेज्मेण्टबाट एमबीए गरेकी थापालाई यसको फ्रेन्चाइज दिन पाउँदा खुसि लागेको कम्पनीका फाउण्डर सिवानी पोदारले बताइन् । हामीले नेपालमा पनि यसको शाखा विस्तार गर्न चाहान्थ्यांै, धेरैले हामीसंग प्रस्तावन पनि गरे, तर हामीले सक्षम सम्झिएर थापालाई यसको अधिकार दियौं’–सिवानीले भनिन् । देशका विभिन्न शहरहरुमा यसको शाखा विस्तार गरिने नेहाले बताइन् । ‘छिट्टनै काठमाण्डौमा अर्को शाखा विस्तार गर्नेछौं, पाँच वर्ष भित्र देशका अन्य ठूला तीन शहरहरुमा शाखा खोल्नेछौं’–थापाले भनिन् ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

