लोककथाबाट चियाउँदा देखिने समाज
पाेखरा | पुस ११, २०७९
पोखराः ‘लोककथाबाट चियाउँदा समाजको दर्पण कस्तो देखिन्छ ?’ सहजकर्ता दीपक सापकाटाले कवि तथा संस्कृतिविद् तुलसी दिवसलाई सोधे। १ सय २२ ओटा लोककथाको संगालो ‘लोककथा’बाट प्रचलित मौखिक कथाको संग्रहण गरेका दिवसले लोककथाको महत्वबारे बोले ।
पोखरामा जारी १०औं नेपाल लिट्रेचर फेस्टिभलको सेसन ‘लोककथाको आलोक’मा वक्ता थिए तुलसी दिवस। र सहजकर्ता थिए पत्रकार सापकोटा ।
दिवसले भने, ‘नेपाल १ सय ४० भन्दा बढी भाषा बोल्ने जातीहरूको सामूहिक स्थल हो। नेपाली बोल्नेको मात्रै होइन । सबैको सामूहिक स्थल भएका कारण इतिहासको अवधारणा आमूल परिवर्तन आउने देखिएपछि लोकसात्यि, संगीत संकलन मात्र हैन आफ्नो इतिहासलाई पूर्ण रुपमा संकलन गर्न आवश्यक छ ।’
उनी नेपाली लोककथालाई प्रकाशमा ल्याउनका लागि कथा संकलन गरिएको बताउँछन् ।
‘भूगोल, संस्कृति फरक हुँदा पनि लोककथा किन एकै हुन्छन्?’ सापकोटा सोध्छन्। दिवस संसारका मानिस जहाँ भए पनि समान सोच्ने बताउँछन् । न्याउरी मारी पछुतो लोककथा नेपालमा मात्र नभई आइल्याण्डमा पनि फरक पात्रको रुपमा प्रस्तुत भएको उदाहरण उनी दिन्छन्। ‘हाम्रो न्याउरी मारी पछुतो कथा आइल्याण्डमा पुगेपछि कुकुर मारी पछुतो भयो। किनकि त्यहाँ सर्प नहुँदा, न्याउरीमुसोबाट जे सन्देश दिन खोजेको थियो त्यो पूरा हुन। अनि कुुकुर पात्र राखियो,’ उनी भन्छन्, ‘हरेक लोककथा संसारभरि छन्। पात्र परिवर्तन हुन्छन्। तर कथाको सन्देश एउटै हुन्छ ।’
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

