सदस्यसचिवको दरखास्त मागेपछि खेलकुदमा असन्तोष, महासंघ गण्डकी विरोधमा

पाेखरा | पुस १२, २०७९

सदस्यसचिवको दरखास्त मागेपछि खेलकुदमा असन्तोष, महासंघ गण्डकी विरोधमा

पोखराः   नेपाल खेलकदु महासंघले प्रदेश खेलकुल परिषद् गण्डकीको रिक्त सदस्य सचिवको नियुक्ती प्रक्रिया रोक्न युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश मार्फत मुख्यमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएको छ ।  


महासंघले आज (मंगलबार) युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीलाई प्रेस विज्ञप्ती बुझाउँदै सदस्य सचिवको नियुक्त रोक्न ध्यानाकर्षण गराएको हो । 


महासंघका अध्यक्ष विष्णु पुनले सचिव अधिकारीलाई विज्ञप्ती बुझाउँदै काम चलाउ सरकारले नियुक्ती प्रक्रिया जस्तो कार्य गर्न नपाउने र यस्तो निर्णयले विधीको शासनको धज्जी उडाएको बताए ।

 

‘प्रदेश खेलकुद नियामवली २०७८ विपरित प्रदेश खेलकुद परिषद् सदस्य सविचको  नियुक्ती प्रक्रिया तत्काल रोक्न आग्रह गरेका छौ, नेपाल खेलकुद महासंघले गरेको अपिललाई वेवास्ता गरे आन्दोलनका कार्यक्रम घोषणा गछौं ।’ अध्यक्ष पुनले भने । 

 


गण्डकी प्रदेश सरकारले रिक्त सदस्य सचिव पदका लागि गत पुस ६ गतेको मन्त्री परिषद निर्णय गरेको थियो । सोही निर्णयका आधारमा यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले एक साताको म्याद राखेर दरखास्त आह्वान समेत गरिसकेको छ । दरखास्त आह्वानको म्याद आज (मंगलबार) सकिएको छ । 


प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङको ६० वर्षे उमेर हदका कारण गत कार्तिक २४ गते पदावधी सकिए पछि आगामी चार वर्षका लागि प्रदेश सरकारले नियूक्ति प्रक्रिया अघि बढाएको थियो ।


प्रदेश खेलकुद विकास ऐन २०७७ को परिच्छेद ४ को उपदफा १७ को ३ बमोजिम सदस्य सचिव नियूक्ति गर्ने प्रावधान रहेको छ । सोही परिच्छेदको उपदफा ३ बमोजिम प्रदेश सरकारले यूवा तथा खेलकुद मन्त्रीको संयोजकत्वमा मन्त्रालयको सचिव र एक जना विशेषज्ञ सहित तिन सदस्यिय सिफारिस समिति गठन गर्ने प्रावधान रहेको छ ।


सिफारिस समितिको संयोजकमा यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, सचिव बद्रिनाथ अधिकारी रहेका छन् भने खेल विज्ञको रुपमा हरिप्रसाद पराजुली रहेका छन् । पराजुली नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष समेत हुन् ।


परिषदको सदस्य सचिव नियूक्तिका लागि ३० वर्ष उमेर पुरा भएको, स्नातक तह अध्ययन पुरा भएको र ६० वर्ष ननाघेको हुनुपर्ने खेलकुद विकास ऐनमा उल्लेख छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्