५ मन्त्रीले हेरे मन्त्री क्वाटरका घर, भोली सर्ने तयारी

काठमाडाैं | पुस १२, २०७९

५ मन्त्रीले हेरे मन्त्री क्वाटरका घर, भोली सर्ने तयारी

काठमाडौं: मन्त्री क्वाटरमा बस्नका लागि ५ मन्त्रीले आफू बस्ने घर छनौट गरेका छन् । ललितपुरको पुलचोकस्थित मन्त्री क्वाटरमा बस्नका लागि उनीहरूले घर छानेर सर्ने तयारी गरेका हुन् ।  


मन्त्री क्वाटर जान २ जना उपप्रधानमन्त्रीसहित अन्य ३ मन्त्रीले तयारी गरेका छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, मन्त्रीहरू राजेन्द्र राई, ज्वाला साह र दामोदर भण्डारीले आफू बस्ने घर हेरेर सर्ने तयारी गरेका हुन् । उनीहरूले बुधवार क्वाटर सर्ने तयारी गरेका छन् । मन्त्री क्वाटरबाट अधिकांश पूर्व मन्त्रीले सामान सारेका छन् भने केही पूर्व मन्त्रीको सामान सार्न बाँकी रहेको छ । मंगलबार अर्थमन्त्री जनार्दन शर्माले क्वाटर छोडेका छन् । ललितपुरको भैसेपाटीमा बनिरहेको मन्त्रीहरूको नयाँ आवासस्थल निर्माण सम्पन्न नभएकोले पुलचोकमा रहेको क्वाटरमा नयाँ सरकारका मन्त्रीहरू बस्दैछन् । 


मन्त्री क्वाटरमा बस्ने मन्त्रीहरूका लागि आवास, फर्निचर, खानेपानी, इन्टरनेट लगायतको सुविधा हुने गरेको छ भने किचेनका सामान र सिरक डस्ना लगायतका कपडा भने उनीहरू आफैँले व्यवस्था गर्नुपर्ने हुन्छ । मन्त्रीमण्डलमा रहेका २५ जना मन्त्रीका लागि सरकारी तवरबाट आवास सेवा दिने व्यवस्था रहेको छ ।  पुलचोकमा रहेको मन्त्री क्वाटर कम्पाउण्डभित्र १९ वटा छुट्टा छुट्टै घर रहेको छ जहाँ १९ जना मन्त्रीले मात्र बस्न पाउँछन् । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्ने भएकोले अन्य मन्त्री तथा राज्यमन्त्रीले भने भाडाको घरमा बस्नुपर्ने हुन्छ । उनीहरूका लागि घरभाडा, खानेपानी र इन्टरनेटका लागि रकम भुक्तानी गर्ने व्यवस्था छ । 


आफैले घर खोजेर बस्ने मन्त्रीका लागि घरबेटीसँगको सम्झौता पत्रका आधारमा मासिक ४० हजारसम्म घरभाडा, खानेपानी र इन्टरनेटको बिल अनुसार भुक्तानी गर्ने व्यवस्था रहेको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय मन्त्री आवास तथा भवन निर्माण शाखा प्रमुख कुमार घिमिरेले रातोपाटीलाई जानकारी दिए । त्यसरी छुट्टै घर भाडामा लिएर बस्ने मन्त्रीले एक पटकका लागि सुरक्षा पोष्ट लगायत आवश्यक पूर्वाधार निर्माणका लागि थप २ लाख रुपैयाँ पाउनेछन् ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्