पोखरामा जारी पोखरा ओपन तथा भेट्रान्स तर्फ क्वाटरफाइनल र सेमीफाइनलका खेल सुरु

पाेखरा | पुस १३, २०७९

पोखरामा जारी पोखरा ओपन तथा भेट्रान्स तर्फ क्वाटरफाइनल र सेमीफाइनलका खेल  सुरु

पोखराः    पोखरामा “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” बुधबार तेश्रो दिन पनि जारी रहेको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैकको मुख्य प्रायोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा जारी रहेको हो ।  


पौष १५ गते सम्म हुने उक्त प्रतियोगिताको चौथो दिन ओपन मेन्स÷उमेन्स सिंगल्सतर्फ, ३५ र ४५ वर्ष माथीको क्वाटरफाइनल र सेमीफाइनलका खेलहरु बिहिबार सञ्चालन हुने संगै भेट्रान्सतर्फ ५५ र ६५ वर्ष भन्दा माथीको सेमीफाइनल र फाइनलका खेलहरु हुने भएको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले बताएका छन् । 


मेन्स ओपन सिंगल्स मेन्स


१९ औं माछापुच्छ्रे पोखरा ओपन मेन्स सिंगल्सतर्फ नेपालका नं १ खेलाडी प्रदिप खडकाले आयूष्मान हजुर घले विरुद्ध सोझो सेटमा जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् । प्रदिपले ६–२, ६–१ ले उनलाई पराजित गरेका थिए । त्यस्तै प्रनभ मानन्धरले राजविर प्रधानलाई ६–२, ६–२ ले, सौगात विकले अभिनव आचार्यलाई ६–४, ६–२ ले, रितिक रानाले आशिष खड्कालाई ६–२, ६–२ ले, निशान श्रेष्ठले प्रेम नोर्वुलाई ६–२, ६–० ले, अकि जुवेन रावतले निर्मल मगरलाई ६–१ र ६–२ ले, प्रनभ खनालले यूगेन शेर्पालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका छन् । 


त्यस्तै मेन्स ओपन डबल्सतर्फ रितिक राना र निशान श्रेष्ठको जोडीले सौगात विक र आशिष कुमारको जोडीलाई ६–४, ६–४ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका छन् । विजेता जोडी रितिक र निशानले अशी जुवेन रावत र राजविर प्रधान संग सेमीफाइनलमा प्रतिष्पर्धा गर्ने छन् भने त्यस्तै अर्को सेमीफाइनलमा अभिनव आचार्य र प्रनभ खनालको जोडीले नेपालका नं १ खेलाडी सम्मिलित प्रदिप खड्का र नेहाल जङ्ग थापाको सामना गर्नेछ । 


४५ वर्ष माथी सिंगल्स मेन्स


४५ वर्ष माथी सिंगल्समा भारतका टि तुलेश्वर सिंहले नेपालका सिजर गुरुङलाई ६–०, ७–६ ले, महेश श्रेष्ठले माधव भण्डारीलाई ६–२, ६–३ ले पराजित गरेका छन् । त्यस्तै गोपी भट्टराईले मिन पुनलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गर्दा विमल गुरुङले प्रदिप शाहलाई ६–३ र ७–५ ले, आशिष सिग्देलले अमृत रोक्कालाई ६–४, ६–१ ले, शरण गुरुङले उत्तम बोगोटीलाई ७–५, ६–१ ले, रोहित सुनुवारले ठाकुर खनाललाई वाक ओभर दिंदा शिव सेढाईले सुनिल श्रेष्ठलाई ६–३, ६–२ ले पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् । 


३५ वर्ष माथी सिंगल्स मेन्स


त्यस्तै ३५ वर्ष माथीको खेलमा चेवाङ लामाले चोम बी शाहलाई ६–२, ६–२ ले, कमल भण्डारीले दिवाकर पिया ६–१, ६–० ले, देव क्षेत्रीले सञ्जय श्रेष्ठलाई ४–६, ६–१ र १०–७ को सेटमा पराजित गर्न सफल भए । त्यसै गरी सिमान्त गुरुङले सन्दुप लामालाई ६–०, ६–१ ले अनिल शाहीले सोम रानालाई ६–१, ६–० ले विकास गुरुङले निरज थापालाई वाक ओभर दिएका छन् । त्यस्तै एक अर्को खेलमा सन्तोष खत्रीले माधव भण्डारीलाई वाक ओभर दिएका छन् । बुधबार सोही उमेर समुहका डबल्सतर्फका प्रि क्वाटरका समिकरण समेत पुरा भएका छन् । सम्पन्न खेलमा राजन पौडेल र लक्ष्मण थापाको जोडी, सन्तोष कुमार र सिमान्त गुरुङको जोडी, कमल र यज्ञ बहादुरको जोडी, जितेन्द्र र छेवाङ लामाको जोडीले आ–आफ्नो खेल जितेका छन् । 


त्यस्तै ५५ वर्ष माथी पोखराका अनिल तुलाचनले ध्रुर्व गुरुङलाई ६–२, ६–१ ले, भारतिय खेलाडी एन दिलिप सिंहले कर्ण तामाङलाई ६–७, ६–४ र १० ले पराजित गर्दा प्रदिप शाहले समिर शेरचनलाई ६–०, ४–२ को दोश्रो सेट जारी रहँदा रिटायर्ड हर्ट हुँदै कोर्टबाट बाहिरिएका थिए । त्यस्तै कृष्णराज घलेले उत्तम शेर्पालाई ६–४, ६–४ को सोझो सेटमा पाखा लगाएका छन् । विजेता खेलाडी सबै अन्तिम चारमा स्थान पक्का गरेका छन् । 


५५ वर्ष माथीको डबल्सतर्फको फाइनल खेल कमल थापा र झम्पा घलेको जोडीले अनिल तुलाचन र विनोद कायस्थ संग फाइनलमा भिड्ने पक्का भएको छ ।  


बुधबार नै सम्पन्न ६५ वर्ष माथीको सिंगल्समा बिदुर विष्टले हर्क गुरुङलाई ६–४, ६–१ ले पराजित गरेका छन् भने विष्णु गुरुङले तिसतेन नोरयललाई ४–१, ४–२ ले जित निकाल्दा अर्को एक खेलमा डियोनम लामा बिजयी भएका छन् । ६५ वर्ष माथी सिंगल्सको सेमीफाइनल खेल बिहिबार हुनेछ ।  


प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाट समेत पोखरा आएको उपाध्यक्ष चालिसे जानकारी दिएका छन् । सहभागि खेलाडी मध्ये ५७ जना पोखराका छन् भने ९३ जना पोखरा खेलाडी बाहिरबाट आएका छन् । प्रतियोगिताको सहभागिता हाल सम्मकै ठूलो सहभागिता हो । 


प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा मेन्स सिंगल्समा २७ जना, मेन्स डबल्समा १२ जना, उमेन्स सिंगल्समा ८ जना, ३५ वर्ष माथी मेन्स सिंगल्समा ३४ जना, डबल्समा १७ जना, ४५ वर्ष माथी सिंगल्समा ३५ जना, डबल्समा १९ जना, ५५ वर्षमाथी सिंगल्समा २४ जना, डबल्समा १२ जना, ६५ वर्ष माथी सिंगल्समा १२ जना र डबल्समा ३ जना गरी कूल २ सय ३ जना खेलाडीले नाम दर्ता गरेको जानकारी दिएका छन् ।


प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ ।


प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।


४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।


प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।


“१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” सम्पन्न गर्न करिव १६ लाख ५० हजार खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताएका छन् । प्रतियोगितामा पुरस्कार राशीमा ७ लाख ४० हजार खर्च हुने उनको भनाई छ । 

पोखरा:  कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ ।  बु...

थप पढ्नुहोस्

तनहुँः  देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक  बेपत्ता भएका छन् ।  उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...

थप पढ्नुहोस्

पर्सा:  वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...

थप पढ्नुहोस्