स्पेनिस क्लबसँग गण्डकी ११ को हार, डिफेन्डरमा थिए ‘दीपक मनाङे’

पाेखरा | पुस १३, २०७९

स्पेनिस क्लबसँग गण्डकी ११ को हार, डिफेन्डरमा थिए ‘दीपक मनाङे’

पोखरा:   स्पेनिस बि डिभिजन क्लब कासेरेन्यो सीपीले गण्डकी ११लाई ३–० ले पराजित गरेको छ । 

 

पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको खेलमा कासेरेन्यो खेलाडी कारमेलो,  बेरमु र स्पेनका पूर्व राष्ट्रिय खेलाडी माइकल कारलेरोले एक–एक गोल गर्दै जित हासिल गरेका थिए । 


 कारमेलोले २३ औं मिनेटमा, माइकलले ३५ औं मिनेटमा र दास्रो हाफ इन्जुरीको समयमा बेरमुले तेस्रो गोल गर्दै जित सुनिश्चित गरका हुन् । 


गण्डकी ११ को टिमलाई अनिल गुरुङले कप्तानी गरेका थिए । गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ पनि मैदान उत्रिएका थिए । उनी डिफेन्डरको जिम्मेवारी सम्हाल्दै खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।


लुम्बिनी गार्डेन फाउन्डेसनले आयोजना गरेको खेलमा सहभागी हुन ५५ जनाको टोली पोखरा आएको थियो । उक्त टोलीले बिहीबार काठमाडौं(११ सँग काठमाडौं दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्नेछन् ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्