निर्माण सम्पन्न नहुँदै भत्कियो कालोपत्रे सडक
काठमाडाैं | पुस १५, २०७९
तौलिहवा: कपिलवस्तु नगरपालिका –६ बेलासपुरदेखि थूम्हवा चौरहासम्म जोड्ने सडकको कालोपत्रे सडक निर्माण सम्पन्न नहुँदै सम्पन्न नहुँदैएको छ । निर्माण भएको वर्ष दिन नबित्दै कालोपत्रे भत्किन थालेपछि स्थानीयहरु आक्रोशित भएका छन् । सो सडक निर्माणको जिम्मा सन्तोषी निर्माण सेवाले पाएको थियो ।
त्यस्तै, थुम्हवा गाउँमा झन्डै चार वर्ष पहिला खाडल खनेर शुरू गरिएको निर्माण कार्य ठेकेदार कम्पनीको लापरवाहीले अलपत्र परेपछि स्थानीयहरु सास्ती खेप्न बाध्य भएका छन् । स्थानीय जुबेर अहमद खाँका अनुसार कमसल निर्माण सामग्री भएकाले कालोपत्रे सडक वर्ष नबित्दै भत्किएको बताउनुभयो ।
‘सडक कालोपत्रे हुँदा खुसी भएका थियौं, तर काम राम्रो भएन, यति चाँडै भत्किएपछि यसको गुणस्तरमाथि अहिले प्रश्न उठिरहेको छ’ उहाँले भन्नुभयो, ‘कालोपत्रे त केही दिन देखाउनलाई मात्रै गरेको रहेछ, एक वर्ष पनि राम्ररी टिकेन ।’
निर्माण सेवाले सेमरी गाउँमा अहिले दुई–तीन लेबर मिस्त्रीले काम गरे पनि त्यो काम कहिले पूरा हुने चिन्ता व्यक्त गरेका छन् । तिलौराकोट–जगदीशपुर, निगालिकोट–सेमरी, सडवा–लक्ष्मीनगर, श्रीरामपुर, दलदलहा र कपियवामा एकैचोटी ७५ करोड रुपियाँको लागतमा १८ किलोमिटर पक्की बाटो तथा नाली निर्माणका लागि सन्तोषी निर्माण सेवाले ठेक्का लिएको थियो ।
सो निर्माण सेवाले सङ्घीय कार्ययोजना कार्यान्वयन एकाइ भवन तथा शहरी कार्यालय रुपन्देहीबाट २०७४ कात्तिकमा सो सम्झौता गरेको थियो । २०७८ वैशाखसम्म निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने भाका रहे पनि निर्माण कम्पनिले सम्झौताअनुसार काम सम्पन्न गरेको छैन ।
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...
काठमाडौं: विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

