वडा कार्यालय द्वारा सरसफाई सामाग्री वितरण

पाेखरा | पुस १५, २०७९

वडा कार्यालय द्वारा सरसफाई सामाग्री वितरण

पोखरा: पोखरा महानगरपालिका वडा नं. ९ वडा कार्यालयले आमा समूह र टोल विकास संस्थालाई सरसफाई सामाग्री वितरण गरेको छ ।


पोखरा– ९, शान्तिबन वाटिका टोलविकास संस्था र शान्तिघाट आमा समूहको संयुक्त आयोजनामा विहिबार आयोजित कार्यक्रममा वडा अध्यक्ष दिपेन्द्र मर्सानीले सरसफाई सामाग्री हस्तान्तरण गरेका थिए ।


वडा अध्यक्ष मर्सानीले टोलविकास संस्थाका अध्यक्ष शेषनारायण पौडेललाई सामाग्री हस्तान्तरण गर्दै व्यक्ति र घर मात्र सफा भएर नहुने भन्दै टोल र बाटो तथा पार्कहरु पनि सफा राख्नुपर्ने सबैको जिम्मेवारी रहेकोले वडा कार्यालयले संघसंस्थाहरुलाई जिम्मेवार वनाउन सरसफाई सामाग्री वितरण गरेको वताए ।


सो अवसरमा वडा सदस्यहरु लक्ष्मी पहारी र गीता नेपालीले सरसफाई सामाग्रीको संरक्षण गर्दै साप्ताहिक रुपमा टोल सरसफाई गर्दै जनचेतनामूलक कार्य गर्न टोलवासीलाई आग्रह गरेका थिए ।


शान्तिबन वाटिका टोल विकास संस्थाका अध्यक्ष शेषनारायण पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शान्तिघाट आमा समुहकी उपाध्यक्ष साबित्री पहारीले स्वागत र कार्यक्रम संचालन अध्यक्ष सरस्वती श्रेष्ठले गरेका थिए । 

पोखरा:  पोखरा कलेज अफ म्यानेजमेन्ट(पिसिएम)ले स्नातक तहको अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई एक कार्यक्रमका वीच विदाइ गरेको छ । कलेजले विहिबार कार्यक्रम आयोजना गरि विद्यार्थीहरुलाई मायाको चिनोसहित विदाइ गर...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति प्रदान गर्नुभएको छ ।  राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्र...

थप पढ्नुहोस्

पोखरा:  पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणका चार खेल सम्पन्न भएको छ ।  पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण के...

थप पढ्नुहोस्