पोखराको बाटुलेचौरमा भैरव नाच हुने
पाेखरा | पुस १६, २०७९
पोखरा: पोखराको बाटुलेचौरमा ऐतिहासिक भैरव नाच प्रस्तुत गरिने भएको छ।
हिमालय क्लबको आयोजनामा यही पुस २३ गते स्थानीय बाटुलेचौर खेल मैदानमा देखाइने नाचको आन्तरिक बाहेक सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।
नृत्यलाई व्यवस्थित बनाउन क्लबले अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा ९ सदस्यीय सचिवालय समिति गठन गरेको छ। समितिको उपसंयोजकमा नेवा खल बाटुलेचौरका अध्यक्ष नन्दलाल श्रेष्ठ , क्लबका सल्लाहकार कुमार श्रेष्ठ, सदस्यमा निवर्तमान अध्यक्ष मोहन थापा, कोषाध्यक्ष पुष्पराज अधिकारी, मैदान आमा समुहका अध्यक्ष मनु वस्नेत, क्लबका मानार्थ सदस्य वेनी ब वस्नेत, क्षत्री समाज पोखरा १६ का अध्यक्ष सन्दिप थापा, कालिका मन्दिरका अध्यक्ष दुर्गा केसी थापा रहनु भएको छ।
त्यस्तै खाजा, खाना प्रसाद एवं स्वागत व्यवस्थापन नेवा खल, सरसफाई एवं व्यवस्थापन क्षत्री समाज, माला व्यवस्थापन मैदान आमा समुह, स्वास्थ्य व्यवस्थापन दुर्गा केसी थापा, प्रचार प्रसार संयोजक क्लबका सचिव शिवराज देवकोटा र अर्थ व्यवस्थापन कोषाध्यक्ष पुष्पराज अधिकारी रहनुभएको क्लबले जनाएको छ।
नृत्य संचालन र व्यवस्थापन गर्न ठूलो धनराशी खर्च हुने भएकाले आर्थिक सहयोग संकलनलाई तिव्रता दिएको बताईएको छ। लामो समय पछि बाटुलेचौरमा हुन लागेको नृत्यमा सहभागी हुन क्लबले सबैलाई आग्रह गरेको छ।
पर्वत: पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले का...
गण्डकी: पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ । राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा...
पोखरा: आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दान आदी गरी माघे सङ्क्रान्ति मनाइँदै छ । पोखराको विभिन्न स्थानमा रहेक...

