पोखरा दीपमा करेन्ट लागेर १९ वर्षीय श्रम गुरुङको मृत्यु
पाेखरा | पुस २१, २०७९
सांकेतिक तस्बिर
पोखराः पोखरा महानगरपालिका १६ माथिल्लो दीपमा करेन्ट लागेर श्रम गुरुङको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा नं. १६ दीपमा आज बिहान ९ः३० बजेको समयमा दुई तलाको घरको छतमा करेन्ट लागेर १९ वर्षीय गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।
घरको छतमा नजिकैको हाईटेन्सन लाइनको करेन्ट लागेर घाइते भएका गुरुङलाई उपचार लागि मणिपाल शिक्षण अस्पताल पु¥याइए पनि १० बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

