जाडोबाट जोगिन दाउराको प्रबन्ध
काठमाडाैं | पुस २४, २०७९
रौतहट: शीतलहरका कारण सर्वसाधारणको जनजीवन प्रभावित हुन थालेपछि जिल्लाको कटहरिया नगरपालिकाले स्थानीयका लागि दाउराको प्रबन्ध गरेको छ । आगो तापेर जाडोबाट जोगिन दाउराको प्रबन्ध गरिएको हो ।
नगरपालिका प्रमुख अजयप्रकाश जयसवालले डिभिजन वन कार्यालयसँग समन्वय गरी पालिकाको नौ वटै वडामा दाउरा उपलब्ध गराइएको बताउनुभयो । उहाँले भन्नुभयो, “उपलब्ध दाउरा सर्वसाधारणको जमघट हुने सार्वजनिक स्थल वा चोकमा बालिने गरी वितरण गरिएको छ ।”
एक सातादेखि घाम नलागेपछि जाडोले कठ्याङ्ग्रिएका नागरिक दाउराको आगो ताप्न पाउँदा खुसी भएका छन् । जिल्लाको कटहरिया नगरपालिकाले अघिल्लो सातादेखि वडामा दाउरा वितरणको काम गरेको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

