पोखरा नगरसभा अवरुद्ध, कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि बाहिर

पाेखरा | पुस २६, २०७९

पोखरा नगरसभा अवरुद्ध, कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि बाहिर

पोखराः   पोखरा महानगरपालिकाको १२ औं नगरसभा अवरुद्ध भएको छ । 


नगरसभाको उद्घाटनपछि नगरसभाको विषयवस्तु भन्दा बाहिर एमालेले  विषय उठाएको भन्दै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले जारी सभा बहिष्कार गरेको हो । 


उद्घाटनसत्र पछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सभामा सम्बोधन गरेपछि नगरसभाको उद्घाटन सत्र सकिएको छ । मुख्यमन्त्रीले सम्बोधन गर्ने क्रममा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि बाहिरिएका थिए । 


पोखरा महानगरपालिका २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कारवाहीको माग गर्दै नगरसभामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध गरेका थिए । जातीय विभेदका आरोपित वडाध्यक्षलाई कारवाही माग गर्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नगर सभामा विरोध गरेका हुन् । 

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले आफूहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँगको एकतामा सामेल नहुने घोषणा गर्नुभएको छ। आज यहाँ पत्रकार सम्मेलनको आयोजना...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ ।  म्याग्दीको अर्मन र बागलुङ...

थप पढ्नुहोस्

तनहुँ:  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

थप पढ्नुहोस्