आफूले गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सहज हुने विश्वास छः प्रचण्ड
काठमाडाैं | पुस २६, २०७९
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासामु प्रस्तुत गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको रुपमा विश्वासको मत माग्नुभएपछि उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले प्रतिनिधि सभामा रहेका राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीबाहेक सबै दलले विश्वासको मत दिने निर्णय गर्दै गरेको समर्थनले आफूले गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘विश्वासको मत सत्ता साझेदार दलले सुरुमै राष्ट्रपतिकहाँ हस्ताक्षर बुझाउनुभएकाले त्यो मत प्राप्त हुने निश्चित थियो । तर नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा छोडेर सबैको समर्थन हुने कुरा सोचिएको थियो । यसले आगामी दिनमा जनतासामु प्रस्तुत गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सहज हुने विश्वास व्यक्त गरेको छु ।’’
विकास निर्माणसँग सम्बन्धित सुझाव र टिप्पणी सकारात्मक रहेको उहाँको भनाइ छ । रेशम चौधरीको विषयमा उठेको सवाललाई सदनले गम्भीरताका साथ लिएको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘यो सवालमा रेशम चौधरी संलग्न नभएको कुरा पटकपटक बताएको दोहोर्याउनुभएको छ । उहाँले रेशम चौधरीलाई न्याय दिनुपर्ने विषयमा नेपाल सरकारले गरेका सहमति अनुसार अध्यादेश बनाएर भए पनि छुटाउनुपर्छ भनेर पहलकदमी लिइएको हो । त्यो सफल भएन । अब यही सदनबाट निर्दोष सबै नेता कार्यकर्तालाई छुटाउने पहल हुन्छ ।’’
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

