आफूले गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सहज हुने विश्वास छः प्रचण्ड

काठमाडाैं | पुस २६, २०७९

आफूले गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सहज हुने विश्वास छः प्रचण्ड

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासामु प्रस्तुत गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको रुपमा विश्वासको मत माग्नुभएपछि उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।


उहाँले प्रतिनिधि सभामा रहेका राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीबाहेक सबै दलले विश्वासको मत दिने निर्णय गर्दै गरेको समर्थनले आफूले गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभएको हो ।


प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘विश्वासको मत सत्ता साझेदार दलले सुरुमै राष्ट्रपतिकहाँ हस्ताक्षर बुझाउनुभएकाले त्यो मत प्राप्त हुने निश्चित थियो । तर नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा छोडेर सबैको समर्थन हुने कुरा सोचिएको थियो । यसले आगामी दिनमा जनतासामु प्रस्तुत गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सहज हुने विश्वास व्यक्त गरेको छु ।’’


विकास निर्माणसँग सम्बन्धित सुझाव र टिप्पणी सकारात्मक रहेको उहाँको भनाइ छ । रेशम चौधरीको विषयमा उठेको सवाललाई सदनले गम्भीरताका साथ लिएको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘यो सवालमा रेशम चौधरी संलग्न नभएको कुरा पटकपटक बताएको दोहोर्याउनुभएको छ । उहाँले रेशम चौधरीलाई न्याय दिनुपर्ने विषयमा नेपाल सरकारले गरेका सहमति अनुसार अध्यादेश बनाएर भए पनि छुटाउनुपर्छ भनेर पहलकदमी लिइएको हो । त्यो सफल भएन । अब यही सदनबाट निर्दोष सबै नेता कार्यकर्तालाई छुटाउने पहल हुन्छ ।’’

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले आफूहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँगको एकतामा सामेल नहुने घोषणा गर्नुभएको छ। आज यहाँ पत्रकार सम्मेलनको आयोजना...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ ।  म्याग्दीको अर्मन र बागलुङ...

थप पढ्नुहोस्

तनहुँ:  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

थप पढ्नुहोस्