प्रधानमन्त्री प्रचण्डलाई ऐतिहासिक बहुमतसहित विश्वासको मत
काठमाडाैं | पुस २६, २०७९
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट ऐतिहासिक बहुमतसहित विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँले सदनमा उपस्थित सदस्य सङ्ख्याको दुई तिहाइभन्दा बढी मत प्राप्त गर्नुभएको छ।
सदनमा बैठकको अध्यक्षता गरिरहनु भएका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले मतविभाजनको नतिजा सार्वजनिक गर्दै नेपालको संविधान अनुसार प्रधानमन्त्री प्रचण्डले सदनबाट विश्वासको मत प्राप्त गर्नुभएको घोषणा गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डलाई २६८ सदस्यको समर्थन रहेको छ । उहाँको विपक्षमा दुई मत परेको छ भने शून्य छ ।
२०७९ मङ्सिर ४ गते सम्पन्न संघीय निर्वाचनपछि पुस १० गते उहाँ प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको पक्षमा मत दिने बताउनुभएको छ ।
त्यसैगरी जनता समाजवादी पार्टी (जसपा)का सांसदद्वय अशोककुमार राई र सर्वेन्द्रनाथ शुक्ला, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका सांसद अनिता देवी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष सन्जिता श्रेष्ठलेसमेत सरकारको पक्षमा रहेको बताउनुभएको छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने सरकारको विपक्षमा मतदान गर्ने बताउनुभएको छ ।
तीन जना स्वतन्त्र सांसद डा। अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डललेसमेत प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताउनुभयो । प्रधानमन्त्रीलाई विश्वासको मततदान कार्यक्रममा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबरा, सांसद मनोरमा शेरचन, किशोरसिंह राठौर र अम्बिका बस्नेत सहभागी हुनु भएन ।
प्रतिनिधि सभामा कायम कुल सदस्य– २७५
प्रतिनिधि सभामा उपस्थित कुल सदस्य– २७०
मतदानमा सहभागी सांसद सङ्ख्या– २७०
मतदानमा विश्वासको पक्षमा परेको मत– २६८
मतदानमा विश्वासको विपक्षमा परेको मत– २
मतदानमा तटस्थ रहेको मत– शून्य
पोखराः पोखरा महानगरपालिका वडा नं १४ स्थित नेपाल टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेजका २५ औं ब्याचका विद्यार्थीको आयोजनामा ‘एनटिएचएमसी फुड फेष्ट २०२६’ हुने भएको छ । हरेक ...
पोखरा: पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । सोमबार आयोजक पोखरा महानगर खेलकुद विकास समिति...
पोखरा: लेखनाथको पहिचान, स्थानीय उत्पादनको प्रवद्र्धन र आर्थिक चलायमानतासँग जोडिँदै आएको लेखनाथ महोत्सव हाल एक्काइसौँ संस्करणमा आइपुग्दा केवल उत्सव मात्र नभई कृषि, उद्योग र संस्कृतिको साझा मञ्चका रूपमा स्थाप...

