फलोअपः बैदाम प्रहरीको नियन्त्रणबाट छुटे ३ जना

पाेखरा | माघ ६, २०७९

फलोअपः बैदाम प्रहरीको नियन्त्रणबाट छुटे ३ जना तस्बिर: पवन भण्डारी

पोखराः   पोखरा महानगरपालिका १७ वडाकार्यालय अगाडी सडक निर्माणमा ढिलाई भएको विषयमा प्रद्धर्शन गर्नेक्रममा प्रकाउ परेका तीन जना छुटेका छन् । 


विरौटा– छोरेपाटन सडकखण्डको निर्माणकार्यमा ढिलाई गरेको भन्दै स्थानीयले हिजो (बिहिबार) वडा कार्यालय अगाडी विरोध प्रद्धर्शन गरेका थिए । 


स्थानीयले वडा कार्यालय अगाडी प्रद्धर्शन गर्ने क्रममा विरौटा– छोरेपाटन सडकखण्डसँगै सिद्धार्थ राजमार्ग केही समय अवरुद्ध हुन पुगेको थियो ।  अवरुद्ध सडक सञ्चालनमा गर्न गएको नेपाल प्रहरीले उछृृङ्खल गतिविधि गरेको भन्दै ३ जनालाई नियन्त्रणमा लिएर छोडेको वडा कार्यालय बैदामका डीएसपी युवराज भण्डारीले जानकारी दिए । 


‘निर्माण कार्य समयमा नै नहुँदा स्थानीयमा आक्रोश पैदा हुनु स्वभाविक हो, वडा कार्यालय अगाडी प्रद्धर्शन भइरहेको थियो, भण्डारीले भने, ‘प्रद्धर्शनमा केही व्यक्तिले उशृङ्खल गतिविधि गरेपछि नियन्त्रणमा लिएर छोडिसकिएको छ ।’ 


पूर्वाधार ढिलाईसुस्तीमा दवाव दिन आवश्यक छः स्थानीय


पोखरा १७ स्थित अन्तरगत पर्ने विरौटा–छोरेपाटन सडकखण्ड निर्माण कार्यमा ठेकेदारले ढिलासुस्ती गरेको भन्दै स्थानीयले वडा कार्यालय अगाडी प्रद्धर्शन गरेपछि वडा कार्यालयले ध्यानाकर्षण गरेको छ ।

 
वडा कार्यालय अगाडी स्थानीयले प्रद्धर्शन गरेपछि वडा कार्यालयमा आज (शुक्रबार) स्थानीय र जनप्रतिनिधिहरुबीच ठेकेदारले गर्ने ढिलासुस्तीमा स्थानीय र जनप्रतिनिधिहरुले दवाव दिन आवश्यक रहेको वडाध्यक्ष राधिका कुमारी शाहीले बताएको स्थानीय पवन भण्डारीले जानकारी दिए । 


‘वडा कार्यालय अगाडी हुँदै गएको सडक खण्डमा अलपत्र जस्तै बन्दा स्थानीय सरकारले दवाव दिनुपर्ने हो, भण्डारीले भने, ‘स्थानीय सरकारको त्यो कदम नचाल्दा हामीले वडा कार्यालय अगाडी प्रद्र्धशन ग¥यौ, फलस्वरुप आज वडा कार्यालयमा जनप्रतिनिधि र स्थानीयबीच पूर्वाधार क्षेत्रमा ठेकेदारले गर्ने ढिलासुस्तीमा सदैव खवरदारी गर्ने सहमति भएको छ ।’ 


 

म्याग्दी:  पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त र एकान्त वातावरण । पहाडको मध्यभागमा अवस्थित थुम्को । तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी र ग्रामीण बस्ती चराचुरुङ्गी र वन्यजन्तुका आवाज । ...

थप पढ्नुहोस्

काठमाडौं:   भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आइतबार २४ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाली टोलीको...

थप पढ्नुहोस्

पोखरा:   स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा आयोजित बृहत् स्वास्थ्य शिविरबाट ६३१ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्।  खुमा अर्याल फाउन्डेसन र अर्जुनचौपारी गाउँपालिकाको संयुक्त आयोजना तथा गण्डक...

थप पढ्नुहोस्