सुक्रसहित आठ गल्फर क्वार्टरफाइनलमा
काठमाडाैं | माघ १०, २०७९
काठमाडौं: सुक्रबहादुर राईसहित १० गल्फर सूर्य नेपाल एनपीजीए म्याच प्ले गल्फ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । रोयल नेपाल गल्फ क्लबमा मंगलबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन सुक्रले टंकबहादुर कार्कीलाई ५र४ ले हराउनुभयो ।
यसैगरी भुवन कुमार रोकाले रामे मगरलाई २र१, रवि खड्काले प्रदिम कुमार लामालाई २र१, रमेश अधिकारीले सञ्जय लामालाई ३र१, दिनेश प्रजापतीले सूर्य प्रसाद शर्मालाई १र०, जयराम श्रेष्ठले कृष्णमान राजबाहकलाई १र०, धनबहादुर थापाले बलभद्र राईलाई ३र२ र भुवन नगरकोटीले सन्जोग मोक्तानलाई ३र२ ले हराउँदै अन्तिम आठमा स्थान बनाउनुभएको हो ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) ले आयोजना गरेको प्रतियोगितामा शीर्षवरीयताका १६ प्रोले भाग लिएका थिए । तीन दिने प्रतियोगितामा बुधबार क्वार्टरफाइनल खेल हुने आयोजकले जनाएको छ । बिहीबार ३८ होलको फाइनल खेल हुनेछ ।
गल्फ टुर अन्तर्गत सिजनको तेस्रो स्पर्धाको रुपमा आयोजित प्रतियोगिताको विजेताले ६० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी उपविजेतालाई ४२ हजार, तेस्रो हुनेलाई ३२ हजार र चौथो हुनेलाई २४ हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।
क्वार्टरफाइनलबाट बाहिरिने खेलाडीलाई ११ हजार र पहिलो चरणबाट बाहिरिने खेलाडीलाई जनही ६ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको बताउनुभएको छ । ...
काठमाडौं: सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले आज (शुक्रबार) एकै दिन प्रमुख तीन दलका अध्यक्ष एवं सभापतिसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्। उनको सचिवालयका अनुसार मन्त्र...
मुस्ताङ: कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल–चीनस्थित कोरला नाकाबाट १० प...

