गण्डकीमा एमालेबाट रोशनबहादुर र वेदबहादुर मन्त्री बन्ने

पाेखरा | माघ १०, २०७९

गण्डकीमा एमालेबाट रोशनबहादुर र वेदबहादुर मन्त्री बन्ने

पोखरा:  गण्डकी प्रदेशमा नेकपा एमालेबाट रोशनबहादुर गाहा थापा र वेदबहादुर गुरुङ मन्त्री बन्ने भएका छन् । एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री खगराज अधिकारीले दुवैलाई सरकारमा लैजाने निर्णय गर्दै शपथका लागि प्रदेश प्रमुखको कार्यालयमा जानकारी गराएका छन् ।


वेदबहादुर कास्की १ (२) र रोशन नवलपुर १ (२)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।


मुख्यमन्त्री अधिकारीले सोमबार काठमाडौं गएर अध्यक्ष केपी ओलीलाई भेटेका थिए । भेटेर फर्केपछि उनले सरकारमा सहभागी हुने दुई जनाको नाम टुंगो लगाएका हुन् । 


माओवादी केन्द्रबाट संसदीय दलका नेता हरिबहादुर चुमान मन्त्री बनिसकेका छन् । अब रेशमबहादुर जुग्जाली मन्त्री बन्ने छन् । 


राप्रपाबाट संसदीय दलका नेता पञ्चराम गुरुङ बिनाविभागीय मन्त्री छन् । एमालेबाट आउने दुई र माओवादीबाट आउने एक जनाको शपथ भएपछि सबैको मन्त्रालय टुंगो लगाइने छ । 


एमालेका दुई र माओवादीका एक गरेर तीन जनाको शपथ आज साँझ गराउने तयारी छ

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्