भूकम्पको डरले घर छोड्दै त्रिपालको बास

काठमाडाैं | माघ १३, २०७९

भूकम्पको डरले घर छोड्दै त्रिपालको बास फाइल तस्बिर

बाजुरा:   भूकम्पको डरले बाजुराका अधिकांश स्थानीय घर छोडेर त्रिपालको बास गर्दै आएका छन् । गत मङ्गलबार ५ दशमलव ९ म्याग्नेच्युटकोे भूकम्पले बाजुरावासीलाई त्रिपालको बास गराएको हो ।


गत मङ्गलबार स्वामिकार्तिकको मेलामा केन्द्र विन्दु भएर गएको ५ दशमलव ९ म्याग्नेच्युटकोे भूकम्पले घर भत्किएपछि उनीहरु अहिले सुरक्षित स्थानमा त्रिपालको बास गर्दै आएको हुन् ।


बाजुराको स्वामिकार्तिक मेलामा गत मङ्गलबारमा गएको भूकम्पले बाजुरामा एक जना महिलासहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा गौमुल –२ का राजदल बोहरा, चन्द्रा महत र हुम्ला ताजाकोट ३ की सरिता नेपाली हुनुहुन्छ ।


घाइते सरिता नेपाली बाजुराको कोल्टीमा आफ्नी दिदिको घरमा आएको बेला उहाँ भूकम्पमा परी घाइते हुनुभएको हो ।


घाइते भएका चन्द्रा महतको जिल्ला अस्पताल बाजुरामा उपचारपछि  डिस्चार्ज हुनुभएको छ भने राजदल बोहराको गौमुल स्वास्थ्य चौकीमा र सरिता नेपालीको कोटी स्वास्थ्यमा चौकीमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।


गत मङ्गलबार दिउँसो २ बजेर ४३ मिनेटमा गएको ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्पले बाजुरामा मानवीयसँगै भौतिकरुपमा ठूलो क्षति भएको छ ।


बाजुराका आठ वटा स्थानीय तहका झण्डै २६३ घरमा ठूलो क्षति गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गौमुल गाउँपालिकामा १५, हिमालीमा १२, बडिमालिकामा १५ र बूढीगङ्गामा दुई  गरी ४४ वटा घर पूर्ण रुपमा भत्किएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार गौमुलमा तीन, हिमालीमा ६१, खप्तडमा १०, बडिमालिका नगरपालिका ११३, बूढीनन्दामा १४, जगनाथमा १, स्वामकार्तिकमा १४ र बूढीगंगामा तीन गरी २१९ घर आंशिक रुपमा भत्किएको बताउनुभयो ।


भूकम्पका डरले अहिले बाजुरामा २६३ घरपरिवार खुल्ला आकाशमुनी  त्रिपालको बास गर्दै आएका छन् ।


जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपत व्यवस्थापन समितिका संयोजक पुष्कर खड्काले भूकम्पबाट सबै भन्दाबढी पीडित गौमुलकामा भएको बताउनुभयो ।


उहाँले अहिले गौमुलमा जिल्ला रेडक्रसबाट ३० थान कम्बल, १० थान त्रिपाल र गैर सरकारी सस्थाबाट १० थान कम्बल १० थान त्रिपाल वितरण गरेको बताउनुभयो ।


भूकम्पबाट कहाँ के क्षति भयो भन्ने यकिन विवरण तीस दिनमा आइपुग्छ । सो रिपोट अनुसार जिल्ला विपत् व्यवस्थापन समितिले राहत वितरण गर्ने योजना छ ।


भूकम्प विज्ञ टोली समेत अहिले जिल्लामा पुगेको छ । सो टोलीको सुझाव तथा सहकार्यमा यहाँका भूकम्प पीडितलाई कसरी व्यवास्थापन गर्ने र स्थानीय तहमा अब निर्माण गरिने भौतिक संरचनाहरु कस्तो खालको निर्माण गर्ने भन्ने जस्ता विषयमाथि छलफल गरिने संयोजक खड्काले बताउनुभयो ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्