प्रदेश १ सरकारको ६ महिनाको विकास खर्च १९ प्रतिशत मात्रै

विराटनगर | माघ १३, २०७९

प्रदेश १ सरकारको ६ महिनाको विकास खर्च १९ प्रतिशत मात्रै

विराटनगर: प्रदेश १ सरकारले चालुआर्थिक वर्षको ६ महिनामा जम्मा १९ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ ।


चालु आर्थिक वर्ष २०७९(०८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले पुँजीगततर्फ २२ अर्ब ९९ करोड ९४लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।


पुँजीगत तर्फको २२ अर्ब ९९ करोडको बजेट मध्ये पछिल्लो ६महिनाको अवधिमा ४ अर्ब ४३ करोड १६ लाख मात्र खर्च गरेको हो । यो खर्च १९।२७ प्रतिशत मात्रै हो ।


चालुतर्फ प्रदेश सरकारले १६ अर्ब ७३ करोड ८९ लाख बजेट विनियोजन गरेको थियो । जसमा पाँच अर्ब ४५ करोड ६७ लाख रुपैयाँ खर्च भएको छ ।


चालु आर्थिक वर्षको ६ महिनामा चालु र पुँजीगत खर्च गरी जम्मा ९ अर्ब ८८ करोड ८३ लाख रुपैयाँ खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।


प्रदेश सरकारको आन्तरिक आम्दानी पनि निराशाजनक छ ।आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार राजस्व बाँडफाँटबाट आर्थिक वर्षमा ११ अर्ब ८८ करोड २४ लाख उठ्ने अनुमान थियो । तर ६ महिनामा ३ अर्ब १४ करोड ८९ लाख १० हजार मात्रै संकलन भएको छ ।


संघीय सरकारबाट १९ अर्ब ९ करोड ९१ लाख रुपैयाँ अनुदान आउने अनुमान छ । पछिल्लो छ महिनामा ४ अर्ब ६८ करोड ९९ लाख ६६ हजार मात्रै आएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्