प्रधानमन्त्रीलाई शिक्षा र श्रम मन्त्रालयको थप जिम्मेवारी

काठमाडाैं | माघ २३, २०७९

प्रधानमन्त्रीलाई शिक्षा र श्रम मन्त्रालयको थप जिम्मेवारी

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई ती दुबै मन्त्रालयको जिम्मेवारी  दिनुभएको हो ।

 

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट शिक्षा मन्त्री शिशिर खनाल र श्रममन्त्री डोलप्रसाद अर्यालले आइतबार राजीनामा दिनुभएको थियो ।

 

यसअघि प्रधानमन्त्री प्रचण्डले युवा तथा खेलकुद र वन तथा वातारण मन्त्रालयकाे पनि जिम्मेवारी लिनुभएको थियो ।

 

त्यस्तै, तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुरानाे नागरिकता कायम नरहेकाले उहाँको सांसद पद बदर भएको सर्वोच्च अदालतको फैसला गरेपछि लामिछानेले राजीनामा दिनुभएको थियो ।

 

लामिछानेले राजीनामा दिनुभएपछि गृह मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्दै आउनुभएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्