राष्ट्रिय क्रिकेट प्रशिक्षकमा मोन्टी देसाई नियुक्त

काठमाडाैं | माघ २३, २०७९

राष्ट्रिय क्रिकेट प्रशिक्षकमा मोन्टी देसाई नियुक्त

काठमाडौं:  नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षणमा भारतका मोन्टी देसाई नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार देसाईलाई प्रशिक्षक नियुक्त गरेको हो ।

 

देसाईले एक साताअघिनै नेपाली टोलीको प्रशिक्षण सम्हाल्न थाल्नुभएको थियो । क्यानले एक महिना लामो प्रक्रिया पूरा गरी युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को समेत स्वीकृतिमा देसाईलाई प्रशिक्षक नियुक्त गरेको पनि जनाएको छ ।

 

नेपाली टोलीले देसाईको प्रशिक्षणमा त्रिवि मैदानमा आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक सिरिज खेल्नेछ । क्यानले पुस २४ गते प्रमुख प्रशिक्षकका लागि खुला आवेदन आह्वान गरेको थियो ।

 

आवेदन दिएका २४ जनाबाट पाँच जनालाई सटलिस्टमा राखेर माघ ४ गते अन्तरवार्ता लिई अन्तिममा देसाईलाई छनोट गरेको हो । देसाईले सन् २०१७ मा नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीका ब्याटिङ कन्सल्ट्यान्ट हुनुहुन्थ्यो । त्यसभन्दा अगाडी देसाईले सन् २०१५ को आइसिसी टी–२० विश्वकप छनोटका क्रममा राष्ट्रिय टोलीमा पनि काम गर्नुभएको थियो । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्