साफ यू-२० महिला फुटबल : नेपाल र भारत भिड्दै
काठमाडाैं | माघ २४, २०७९

काठमाडौं: बङ्गलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज (मङ्गलबार) भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
ढाकामा दिउँसो २:४५ बजे सुरु हुने खेलमा नेपाल भारतलाई हराएर फाइनलमा स्थान बनाउने लक्ष्यमा छ । फाइनलमा पुग्न नेपाललाई भारतविरुद्ध जित निकाल्नैपर्ने बाध्यता छ ।
पहिलो खेलमा बङ्गलादेशसँग पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई हराएर उपाधि दौड कायम राखेको थियो । नेपाल अहिले दुई खेलबाट तीन अङ्क जोड्दै तेस्रो स्थानमा छ । चार अङ्क बनाएको भारत शीर्ष स्थानमा छ ।
भारतलाई फाइनल पुग्न बराबरी नतिजा पनि प्रयाप्त छ । दोस्रो स्थानमा रहेको आयोजक बङ्गलादेशको पनि चार अङ्क छ । दुवै खेलमा हार खेपेको भुटान अन्तिममा छ । आजै अर्को खेल बङ्गलादेश र भुटानबीच हुनेछ ।
बङ्गलादेश र भुटानको नतिजाले पनि फाइनल पुग्ने समीकरणको तय हुनेछ । चार टोलीबीच राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगितामा शीर्ष दुई टोलीबीच बिहीबार फाइनल खेल हुनेछ ।
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परम्परागत तीज गीत प्रतियोगिताले मौलिक तीजे भाकाहरू जीवन्त राख्न सघाउ पुग्ने बताउनुभएको छ । पोखराको मालेपाटन स्थित सूर्यचन्द्र विकास समाजले आयोजना ग...
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा मंगलबारदेखि पोखराको लेकसाइडस्थित बाराहीघाट चौरमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ सुरु भएको छ । हरितालिका...
पोखरा: पोखराको लामाचौरमा सम्पन्न तीज महोत्सवमा आयोजित रारा लामाचौर कप खुल्ला पुरुष भलिबलको उपाधि स्याङ्जाको ढुंगेदेउराली क्लबले उपाधि जितेको छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार फ...