साफ यू-२० महिला फुटबल : नेपाल र भारत भिड्दै

काठमाडाैं | माघ २४, २०७९

साफ यू-२० महिला फुटबल : नेपाल र भारत भिड्दै फाइल तस्बिर

काठमाडौं:  बङ्गलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज (मङ्गलबार) भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

 

ढाकामा दिउँसो २:४५ बजे सुरु हुने खेलमा नेपाल भारतलाई हराएर फाइनलमा स्थान बनाउने लक्ष्यमा छ । फाइनलमा पुग्न नेपाललाई भारतविरुद्ध जित निकाल्नैपर्ने बाध्यता छ ।

 

पहिलो खेलमा बङ्गलादेशसँग पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई हराएर उपाधि दौड कायम राखेको थियो । नेपाल अहिले दुई खेलबाट तीन अङ्क जोड्दै तेस्रो स्थानमा छ । चार अङ्क बनाएको भारत शीर्ष स्थानमा छ ।

 

भारतलाई फाइनल पुग्न बराबरी नतिजा पनि प्रयाप्त छ । दोस्रो स्थानमा रहेको आयोजक बङ्गलादेशको पनि चार अङ्क छ । दुवै खेलमा हार खेपेको भुटान अन्तिममा छ । आजै अर्को खेल बङ्गलादेश र भुटानबीच हुनेछ ।

 

बङ्गलादेश र भुटानको नतिजाले पनि फाइनल पुग्ने समीकरणको तय हुनेछ । चार टोलीबीच राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगितामा शीर्ष दुई टोलीबीच बिहीबार फाइनल खेल हुनेछ ।

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्