धनुषामा महिला राष्ट्रिय हक्की प्रतियोगिता

धनुषा | माघ २४, २०७९

धनुषामा महिला राष्ट्रिय हक्की प्रतियोगिता

धनुषा : पाचौं साहना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता धनुषामा सुरु भएको छ। स्वर्गीय सहाना प्रधानको स्मृति दिवसको अवसर पारेर विगत चार वर्षदेखि हुँदै आएको महिला राष्ट्रिय हक्की प्रतियोगिताको पाँचौ संस्करण सोमबारबाट धनुषाको मिथिला नगरपालिकामा सुरु भएको हो। 

 

नेपाल हक्की संघ तथा स्थानीय मिथिला नगरपालिकाको आयोजनामा नक्टाझिजस्थित हिमालय युवा क्लबको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन मधेस प्रदेशका प्रदेशसभा सदस्य हरिनारायण महतोले गरेका हुन्।

 

सोमबार भएका तीनवटा खेलमा लुम्बिनी, नेपाल आर्मी र मधेस प्रदेशले जित हात पारेको छ। प्रदेश १ र लुम्बिनीबीच भएको पहिलो खेलमा लुम्बिनी २–० गोल अन्तरले विजयी भएको हो। लुम्बिनीका लागि पुजा कुमारीले गरेको दुई गोल जितका लागि निर्णायक बन्यो। खेलको म्यान अफ दि म्याच घोषित उनले दुई हजार नगद पुरस्कार पाइन्।

 

यस्तै, विभागीय टोली नेपाल आर्मी र सुदुरपश्चिम प्रदेशबीच भएको दोस्रो खेलमा नेपाल आर्मी ६–० गोल अन्तरले जितेको छ। नेपाल आर्मीका लागि सितामाया बलले सर्वाधिक ३, सिमा खड्काले २ र सिता कुमारी चौधरीले १ गोल गरिन्। दोस्रो खेलका म्यान अफ दि म्याच सिता कुमारी बल घोषित भइन्।

 

त्यसैगरी, मधेस र गण्डकी प्रदेशबीच भएको तेस्रो खेल रोमाञ्चक बनेको थियो। त्यस खेलमा कडा प्रतिस्पर्धाकाबीच मधेस प्रदेशले गण्डकीलाई ४–२ गोल अन्तरले पराजित गरेको छ। मधेस प्रदेशका लागि कुमकुमले सर्वाधिक २, मुस्कान र अन्जली साहले समान १ गोल गर्दा गण्डकीकी सोनु बरालले दुई गोल गरिन्। मधेस प्रदेशकी कुमकुम म्यान अफ दि म्याचको पुरस्कार पाईन्।

प्रतियोगिताको दोस्रो दिन पनि तिन खेल हुने टुर्नामेन्ट डाइरेक्टर अशिम शर्माले जानकारी दिए। उनका अनुसार मंगलबारको पहिलो खेल बागमतीविरुद्ध सुदुरपश्चिम, दोस्रो खेल प्रदेश १ बिरुद्ध गण्डकी प्रदेश र तेस्रो खेल लुम्बिनीबिरुद्ध मधेस प्रदेशबीच हुनेछ।

 

माघ २८ गतेसम्म चल्ने प्रतियोगितामा कर्णाली बाहेक ६ वटा प्रदेश र एक विभागीय टोली (नेपाल आर्मी) सहभागी रहेको हक्की खेलका राष्ट्रिय प्रशिक्षक बाबुराम नेपालले जानकारी दिए। 


उनका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः ७५ हजार, ४० हजार र ३० हजार नगद पुरस्कार र डमी शील प्रदान गरिने छ। प्रतियोगितामा विभिन्न ५ वटा विधामा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कार दिइने नेपालले जनाए। 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्